ट्रम्पकी सल्लाहकार यौन उत्पीडनमा !
सारांश
- बीबीसी।
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सल्लाहकार क्यालीयेन कानवेले किशोरावस्थामा आफूले पनि यौन उत्पीडनको सामना गर्नु परेको बताएकी छन्।
- उनले सीएनएनसँग भनिन्, ‘म पनि यौन आक्रमणकी पीडित हुँ।
बीबीसी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी सल्लाहकार क्यालीयेन कानवेले किशोरावस्थामा आफूले पनि यौन उत्पीडनको सामना गर्नु परेको बताएकी छन्। उनले सीएनएनसँग भनिन्, ‘म पनि यौन आक्रमणकी पीडित हुँ।’ ५१ वर्षीया कानवेले यसअघि कांग्रेसका एक सदस्यले आफूमाथि यौन उत्पीडन गरेको संकेत गरेकी थिइन्। कानवेको यो टिप्पणी राष्ट्रपति ट्रम्पकातर्फबाट सुप्रीम कोर्टकालागि नामित जज ब्रेन्ट क्यावेनाको बचाउ गर्दै आएको हो।
क्यावेनामाथि पनि किशोरावस्थामा यौन उत्पडन भएको आरोप लागेको छ। उनले भनिन्, ‘म यौन उत्पीडनमा परेका महिलाको दुख बुझ्न सक्छु।’ क्यावेनाको नामांकन पुष्टिकालागि सीनेटमा हुने मतदान नाटकीय रुपमा एक साताकालागि पछि सारिएको छ। यस क्रममा एफबीआईले उनीमाथि लागेको आरोपको अनुसन्धान गरिरहेको छ। यअसघि क्यावेनाको सीनेटमा भएको सुनुवाईलाई अमेरिका र विश्वका करोडौं मानिसले हेरेका थिए। डा. क्रिस्टीन ब्लासी फोर्डले समिति समक्ष क्यावेनामाथि किशोरावस्थामा यौन उत्पीडन भएको आरोप लगाएकी थिइन्। त्यतिमात्रै होइन, एफबीईले अन्य एक महिलाकातर्फबाट लगाएको आरोपको पनि अनुसन्धान गरिरहेको छ।
कानवेले आफूमाथि यौन उत्पीडन भएको आरोप लगाएको यो पहिलो पटक भने होइन। २०१६ मा राष्ट्रपति ट्रम्पको चुनाव अभियान सम्हाल्ने क्रममा पनि उनले एमएसएनबीसीलाई दिएको एक साक्षात्कारमा यौन उत्पीडतको संकेत गरेकी थिइन्। उनले भनेकी थिइन्, ‘म कांग्रेसका केही सदस्यसँग कुरा गर्न चाहन्छु। जब म सुन्दर र जवान थिएँ, तब के युवतीलाई नराम्रो उद्देश्यले छुने र अनुमित बीना चुम्बन गर्नु ठिक थियो?’ २१७ मा उनले भनेकी थिइन्, ‘त्यतिबेला मेरो कुरामा कसैले ध्यान दिएनन् किनभने मेरो राजनीतिक विचार भिन्न थियो।’
अहिले सीएनएनसँगको कुराकानीमा उनले भनेकी छन्, ‘म पनि यौटा उत्पीडनबाट गुज्रिएकी छु। म के आशा गर्दिन भने जज क्यावेना, या ज्याक टेपर या जेफ फ्लेक वा अन्य कोही यसकालागि जिम्मेवार छन्। मलाइ के लाग्छ भने सबै जना आफ्नो व्यवहारकालागि जेम्मेवार छन्।’
प्रतिक्रिया