पूर्व राष्ट्रपति डा. रामवरण यादवबाट : Meet the Pioneer कार्यक्रम शुभारम्भ
सारांश
- काठमाडौं, २१ पुस ।
- पूर्व राष्ट्रपति डा.
- रामवरण यादवले नेपाल प्रहरी अस्पताल महाराजगंजका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धि गर्ने योजना अनुरुप सोही अस्पतालमा संचालित Meet the Pioneer कार्यक्रमको शुक्रबार आयोजित एक समारोहबीच शुभारम्भ गरेका छन ।
काठमाडौं, २१ पुस । पूर्व राष्ट्रपति डा. रामवरण यादवले नेपाल प्रहरी अस्पताल महाराजगंजका कर्मचारीहरुको कार्यदक्षता अभिवृद्धि गर्ने योजना अनुरुप सोही अस्पतालमा संचालित Meet the Pioneer कार्यक्रमको शुक्रबार आयोजित एक समारोहबीच शुभारम्भ गरेका छन ।

उक्त अवसरमा पूर्व राष्ट्रपति डा. यादवले गत ३ महिनाको अवधिमा ‘मर्निङ क्लिनिकल मिटिङ’मा उत्कृष्ट प्रस्तोता प्रहरी निरीक्षकद्वय डा. सुलभ श्रेष्ठ र डा. रमन घिमिरेलाई पुरस्कार प्रदान गरेका थिए ।
समारोहमा डा. यादवले आफ्नो बाल्यकाल तथा अध्ययनको क्रममा हासिल गरेको अनुभव, राजनीतिमा प्रवेश गर्नुको कारण, प्रथम राष्ट्रपति हुँदाको अनुभव बाँड्दै स्वास्थ्य सेवा प्रवाह गर्दा ध्यान दिनुपर्ने विषयमा विभिन्न सुझाव प्रस्तुत गरे । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको चर्चा गर्दै उत्कृष्ट सेवा प्रदान गर्न कर्मचारी समन्वय, साधनस्रोत व्यवस्थापन, इमान्दारिता र अनुशासन हुनुपर्ने यादवले उल्लेख गरे ।
उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले प्रत्येक नागरिकलाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले संचालित नेपाल प्रहरी अस्पतालले उत्कृष्ट सेवा प्रदान गर्दै आएको चर्चा गर्दै अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन पुराना अनुभव आदान प्रदान हुनु महत्वपूर्ण हुने बताए ।
स्वास्थ्य सेवा जस्तो पुनित कार्यमा उत्कृष्ट सेवा पु¥याई विश्वास जित्नु महत्वपूर्ण भएको चर्चा गर्दै यसको लागि विज्ञहरुको सुझाव र अनुभव ग्रहण गर्नु सान्दर्भिक हुनेमा अर्यालले जोड दिए ।
सो अवसरमा पूर्व प्रहरी महानिरीक्षक हेमबहादुर सिंहले नेपाल प्रहरीमा स्वास्थ्य सेवाको ऐतिहासिक पृष्ठभूमि तथा विकासक्रमबारे चर्चा गरेका थिए ।
अस्पतालका कर्मचारीको कार्यदक्षता अभिबृद्धिका लागि उक्त कार्यक्रमलाई आगामी दिनमा समेत निरन्तरता दिइने उक्त अवसरमा जानकारी दिएकाे थिए ।
नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोख्रेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, उपत्यकास्थित विभिन्न अस्पतालका मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु लगायत नेपाल प्रहरीका पूर्व तथा वर्तमान प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया