पेट्रोलियम पाईप लाईनको काम तिव्र, १५ महिना भित्र काम सक्ने निर्माण आयोजनाको दावी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र ८, २०७५
|
|
३१ पटक हेरिएको
Shares
पेट्रोलियम पाईप लाईनको काम तिव्र, १५ महिना भित्र काम सक्ने निर्माण आयोजनाको दावी

सारांश

  • काठमाडौं ।
  •  भारतको आयोजना अन्तरगत नेपाल तर्फको ३६ दशमलव २ किलोमिटरमध्ये १६ किलो मिटर र भारत तर्फको ३३.
  • ७ किलो मिटर मध्ये २४ किलो मिटर पाईप जमिनमुनि गाड्ने काम सम्पन्न भएको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईन निर्माण आयोजनाको कार्यालय सिमराले जनाएको छ ।

काठमाडौं । भारतको आयोजना अन्तरगत नेपाल तर्फको ३६ दशमलव २ किलोमिटरमध्ये १६ किलो मिटर र भारत तर्फको ३३.७ किलो मिटर मध्ये २४ किलो मिटर पाईप जमिनमुनि गाड्ने काम सम्पन्न भएको मोतिहारी–रक्सौल–अमलेखगंज पेट्रोलियम पाईप लाईन निर्माण आयोजनाको कार्यालय सिमराले जनाएको छ ।

बैशाख ४ गते देखि पाईप गाड्ने काम शुरु गरेको यस आयोजनाले पाईप लाईन विस्तार गर्ने रुटमा वजार क्षेत्र आवासीय भवन, धार्मिक सम्पदा, वनजंगल र खोला नालाका कारण विस्तार कार्यमा केही अवरोध सृजना भएको जनाएको छ ।

भारतीय कम्पनी निखिथा ईन्फ्रास्टक्चरले १५ महिनाभित्र काम सक्ने गरी निर्माणको जिम्मा पाएको छ । तोकिएकै समयमा सक्ने गरि काम भइरहेको आयोजनाको दाबी छ ।

 

 

पाईपलाईन विस्तार गर्ने रुटमा पर्ने खोला नालामा मेशिनबाट जमिन मुनि पाइप बिछ्याउँने कामको तयारी समेत आयोजनाले गरेको छ । त्यस्तै पाइपलाइन मार्फत आउने इन्धन भण्डारणका लागि नेपाल आयल निगम क्षेत्रिय डिपो अमलेखगन्जमा चार वटा ट्याङ्कीको मर्मत गर्ने काम पनि भइरहेको छ ।

 

सिमरा देखि अमलेखगन्ज सम्म सामुदायिक वन र पर्सा राष्ट्रिय निकुञ्जको जंगल क्षेत्र पर्ने भएका कारण कममा केही ढिला भएको छ । निकुञ्जले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन पास भएपछि पाइपलाइन विस्तारको काम हुने छ ।

 

नेपालमा हाल डिजेलको खपत बढि हुँने गरेकाले तत्काल डिजेल मात्र ल्याइने र विस्तारै मट्टितेल र पेट्रोलको भण्डारण ट्यांकी निर्माण भएपछि सोहि पाइपलाइनबाट आयात हुनेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?