बस दुर्घटनामा शिशुको मृत्यु, चार गम्भीर घाइते

Shikharkhabar Shikharkhabar
|
मंगलबार, जेठ ३०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
बस दुर्घटनामा शिशुको मृत्यु, चार गम्भीर घाइते

सारांश

  • खोटाङ ।
  • दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् ।
  •   बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

खोटाङ । दिक्तेलबाट यात्रु लिएर जयरामघाटतर्फ जाँदै गरेको यात्रुबाहक बस सोमबार राति दुर्घटना हुँदा एघार महिने शिशुको मृत्यु भएको छ भने अन्य चारजना गम्भीर घाइते भएका छन् ।

 

बेलुका दिक्तेलबाट २६ जना यात्रु लिएर हिँडेको बा २ ख ७०७१ नम्बरको यात्रुबाहक बस हलेसी तुवाचुङ नगरपालिका–१ च्यास्मिटारमा करिब ९ बजेतिर दुर्घटना हुँदा रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका ११ महिने शिशु अजित विश्वकर्माको घटनास्थलमै मृत्यु भएको हो ।

मध्यपहाडी यातायात व्यवसायी सङ्घद्वारा सञ्चालित बस अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना हुँदा रुपाकोट नगरपालिका–५ लफ्याङका ३० वर्षीया अनु राई, ३२ वर्षीया मनकला राई, १४ महिनाका नयन राई र २१ महिनाका समनिया राई गम्भीर घाइते भएका छन् ।

उनीहरुको थप उपचारका लागि छिमेकी जिल्ला उदयपुर पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

बसमा सवार अन्य यात्रुलाई इलाका प्रहरी चौकी, हलेसीबाट खटिएका प्रहरी र स्थानीयवासीले राति नै उद्धार गरी हलेसी तुवाचुङ नगरपालिकास्थित दुर्छिम स्वास्थ्य चौकी पु¥याइएको छ । उनीहरुको अवस्था सामान्य बन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन् ।

राति पानी परिरहेको समयमा बसलाई घुम्तीमा मोड्ने क्रममा अनियन्त्रित भई भित्तामा ठोक्किएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनालगत्तै बस चालक आकाश मगर फरार रहेको प्रहरीले जनाएको छ । दुर्घटनाग्रस्त बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मृतक शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको स्थानीयले बताएका छन् । दुर्घटनास्थल जयरामघाटभन्दा करिब तीन किलोमिटर माथि पर्छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?