कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ६, २०७७
|
|
२५ पटक हेरिएको
Shares
कोरोना रोकथाम र नियन्त्रणका लागि सीसीएमसीका ९ निर्णय

सारांश

  • कोरोना भाइस (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले शुक्रबार केही महत्वपूर्ण निर्णय गरेको छ ।
  • कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गर्दै सीसीएमसीले विभिन्न ९ वटा महत्वपूर्ण निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
  • लकडाउन खुकुलो हुँदा संक्रमण बड्दै गएको भन्दै केन्द्रले अत्यावश्यक काम नभएर बाहिर ननिस्कने र बाहिर निस्कनुपरे अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

कोरोना भाइस (कोभिड-१९) संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले शुक्रबार केही महत्वपूर्ण निर्णय गरेको छ । कोरोना नियन्त्रणका लागि सरकारले चालेका कदमको समीक्षा गर्दै सीसीएमसीले विभिन्न ९ वटा महत्वपूर्ण निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।

लकडाउन खुकुलो हुँदा संक्रमण बड्दै गएको भन्दै केन्द्रले अत्यावश्यक काम नभएर बाहिर ननिस्कने र बाहिर निस्कनुपरे अनिवार्य मास्क लगाउन आग्रह गरेको छ ।

केन्द्रको बैठकका ९ निर्णय
(क्वारेन्टाइनको स्तर विस्तार गर्दै लाने र व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई दिने,
(संक्रमण बढ्दै गएपछि आइसोलेसन केन्द्र व्यवस्थापन गर्ने । त्यसको जिम्मा प्रदेश सरकारलाई दिने,
(रोजगारी दिने देश र रोजगारदाता कम्पनीले पनि खर्च नदिने श्रमिकको उद्धारका लागि गाइडलाइन बनाउने र शव व्यवस्थापनको निर्देशिका तयार गर्ने जिम्मेवारी श्रम मन्त्रालयलाई दिने,
(स्वास्थ्य सामग्रीको थप व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयलाई जिम्मेवारी दिने,
(कूटनीतिक नियोगमा काम गर्ने कर्मचारी र परिवारका सदस्यलाई आवश्यकता हेरेर जान र आउन छुट दिने,
(वैदेशिक रोजगारीका लागि विदेश जाने श्रमिकका हकमा श्रम मन्त्रालय र पढ्न जाने विद्यार्थीका हकमा शिक्षा मन्त्रालयलाई आवश्यकता हेरेर निर्णय गर्ने जिम्मेवारी,
(कोरोना रोकथामाका लागि ३५ करोड रुपैयाँ प्रदेश मार्फत् पालिकालाई दिन निकासा,
(कोरोना संक्रमण फैलिएको अवस्था हेरेर पालिकालाई पूर्ण सिल गर्ने जिम्मा प्रदेश सरकारलाई दिने । त्यसका लागि सीसीएमसीसँग समन्वय गर्नुपर्ने,
(क्वारेनटाइनको खानपानको जिम्मा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई दिनेलगायत निर्णय सीसीएमसी केन्द्रले गरेको हो ।

केन्द्रले कोरोना संकटमा २४ घण्टा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको मनोबल बढाउन सञ्चार मध्यम र सबै निकायलाई आह्वानसमेत गरेको छ । अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानी सम्राटको राज्याभिषेक रोकिने सम्भावना
जापानी सम्राटको राज्याभिषेक रोकिने सम्भावना
प्रहरीको गोली लागेर राप्रपा उम्मेदवारको मृत्यु !
नेपाली कांग्रेसको चियापान स्थगित्
पाँचौं रमपम उदयपुर गोल्डकप २०७५ को उदघाटन मुख्यमन्त्री शेरधन राईले गर्ने
पाँचौं रमपम उदयपुर गोल्डकप २०७५ को उदघाटन मुख्यमन्त्री शेरधन राईले गर्ने
सलमान खान प्रेमिकाको बेडरुममा रंगेहात पक्रिएपछि‘
सलमान खान प्रेमिकाको बेडरुममा रंगेहात पक्रिएपछि‘
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
चीनको विशाल टेलिकम कम्पनी हुवावेको कारोबार २१ प्रतिशतले बढ्यो, सत्यको जित हुने कम्पनीको दावी
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
मुख्यमन्त्री दाबी गरेका पृथ्वीसुब्बा गुरुङ भारी मतले विजयी
यसरी खस्यो प्रशान्त महासागरमा हवाइजहाज, सबै यात्रु सकुशल उद्दार
यसरी खस्यो प्रशान्त महासागरमा हवाइजहाज, सबै यात्रु सकुशल उद्दार
सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी
सहिद स्मारक ए डिभिजन लिग फुटबल : जाउलाखेल विजयी
विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया
विधानअनुसार जिम्बा उठ्नुभएको हो, किन बेतुकको कुरा गरिहिँड्नु : अध्यक्ष थपलिया

तपाईंले छुटाउनुभयो कि?