सिके राउतले पार्टी दर्ताका लागि निवेदन दिदा किन मधेशवादी दललाई ज्वरो आयो ?
सारांश
- सीके राउत नेतृत्वको जनमत पार्टी दर्ताका लागि हिजो आइतबार निर्वाचन निर्वाचन आयोगमा निवेदन दिएसँगै मधेशमा अब कुन शक्ति बलियो हुन्छ भन्ने बहस सुरु भएको छ ।
- अहिलेसम्म शक्तिमा रहेका राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई भने राउतको पार्टी दर्ता भएसँगै तनाब बढेको बुझिएको छ ।
- पार्टी दर्ताको निवेदन दिनु केही मात्रै राउतले मधेशवादी दलको दोकान अब बन्द हुने घोषणा गरेका थिए ।
सीके राउत नेतृत्वको जनमत पार्टी दर्ताका लागि हिजो आइतबार निर्वाचन निर्वाचन आयोगमा निवेदन दिएसँगै मधेशमा अब कुन शक्ति बलियो हुन्छ भन्ने बहस सुरु भएको छ । अहिलेसम्म शक्तिमा रहेका राजपा नेपाल र संघीय समाजवादी फोरम नेपाललाई भने राउतको पार्टी दर्ता भएसँगै तनाब बढेको बुझिएको छ ।
पार्टी दर्ताको निवेदन दिनु केही मात्रै राउतले मधेशवादी दलको दोकान अब बन्द हुने घोषणा गरेका थिए । हिजो (आइतबार) राउत सहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिएका थिए । दल दर्ताका लागि निवेदन दिने केन्द्रीय सदस्यहरुको हस्ताक्षरको सनाखत समेत भैसकेको छ।
पार्टीको अध्यक्षमा डा. राउत छन भने केन्द्रीय समिति ३५ सदस्यीय बनाइएको छ । पार्टीले निर्वाचन आयोगमा बुझाएको विधानमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई स्वीकार गरिएको छ । जनमत पार्टीको मार्ग निर्देशक सिद्धान्तमा जनसंप्रभुत्ता, लोकतन्त्र, सामाजिक न्याय र समाजवाद उल्लेख गरिएको छ । स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच ११ बुँदे सहमतिपछि राउतको नेतृत्वमा जनमत पार्टी गठन भएको थियो ।
विखण्डनको नारा लगाउँदै पृथकतावादी आन्दोलन गर्दै आएका सिके राउत गएको फागुन महिनामा अपत्यारिलो ढंंगबाट सरकारसँग ११ बुँदे सहमति गर्दै स्वतन्त्र मधेसको मुद्दा छोडेर मुलधाको राजनीतिमा आएका हुन् । उनको यो अपत्यारिलो परिवर्तनलाई त्यतिबेला विविध कोणबाट समीक्षा र आशंका गरिएको थियो ।
सामाजिक सञ्जालमा उनले पृथकतावादी आन्दोलन छोडेकोमा स्वागत गरिएको थियो भने राजनीति वृत्तमा भने उनको आकस्मिक टर्निंगलाई आशंकाको नजरले समेत हेरिएको थियो र त्यो क्रम अझै रहिरहेको छ ।
को हुन् सिके राउत ?
सिके राउत सप्तरी, महादेवा गाविसका स्थायी बासिन्दा हुन् । बेलायतको क्याम्ब्रियज युनिभर्सिटीबाट पिएचडी गरेका राउत २०६८ सालयता मधेस फर्केका हुन् । राउत २०७१ भदौ २८ गते तराई टुक्रयाउने अभियानमा हिँडिरहेका बेला मोरङको साबिक दर्वेसा गाविसबाट पहिलोपटक पक्राउ परेका थिए ।
प्रतिक्रिया