हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात (तस्बिरहरु )

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ६, २०७९
|
|
२४ पटक हेरिएको
Shares
हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात (तस्बिरहरु )

सारांश

  • काठमाडौँ ।
  • हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात सुरु भएको छ ।
  • हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताउनुभयो ।

काठमाडौँ । हिमाली जिल्ला हुम्लामा बिहानै देखि हिमपात सुरु भएको छ । हिमपात सुरु भएसँगै अत्यधिक चिसो बढेको स्थानीय छपाल लामाले बताउनुभयो । हिउँका कारण बाहिर हिँडडुल गर्न समस्या परेको उहाँको भनाई छ ।

हिमपात हुँदा यहाँको जनजीवन कष्टकर बनेको छ । यसअघि गत कात्तिकमा उत्तरी नाम्खामा हिउँ परेको थियो । सिमकोटमा एक फिटसम्म हिउँ जमेको छ । लामो समयपछि हिउँ पर्दा यहाँका स्थानीय बिहानैदेखि रमाइलो गर्न थालेका छन् ।

गए रातिदेखि लगातार हिमपात हुँदा उत्तरी नाम्खा गाउँपालिकाको वडा नं ६ लिमीको जनजीवन कष्टकर बनेको छ । लिमी, मुचु, खगालगाउँ, तिल, जाङ गाउँलगायत स्थानमा बढी हिमपात भएको छ ।​​​​​​​​​​​​

​​​​​​​

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?