पैसामा भोट नबेचौ, घात गर्नुभयो भने मुलुक ठुलो चपेटामा फस्नेछ- रवि लामिछाने
सारांश
- काठमाडौं १४ मंसिर पत्रकार रवि लामिछानेले मतदताहरुलाई आफ्नो अमूल्य मत नबेच्न आह्वान गरेका छन्।
- आफ्नो चर्चित टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासँगमा बोल्दै लामिछानेले आफ्नो मत बेचे त्यसले मुलुकलाई ठूलो चपेटामा पार्ने भन्दै आम मतदातालाई सचेत गराएका हुन्।
- आज सम्म मुलुक तपाईको हातमा छ ,भोलीबाट तपाई हामीले गर्न सक्ने भनेको गाली र गुनासो मात्र होु उनले भने, कुनै फटाहा उमेदवारले पैसा नै दिएको भएपनि केही छैन, यो गोप्य मतदान हो,सहि उमेदवारलाई भोट हाल्नुस त्यस्ताले दिएको पैसा आँफै फच्या हुन्छन्।
काठमाडौं १४ मंसिर पत्रकार रवि लामिछानेले मतदताहरुलाई आफ्नो अमूल्य मत नबेच्न आह्वान गरेका छन्। आफ्नो चर्चित टेलिभिजन कार्यक्रम सिधाकुरा जनतासँगमा बोल्दै लामिछानेले आफ्नो मत बेचे त्यसले मुलुकलाई ठूलो चपेटामा पार्ने भन्दै आम मतदातालाई सचेत गराएका हुन्।
आज सम्म मुलुक तपाईको हातमा छ ,भोलीबाट तपाई हामीले गर्न सक्ने भनेको गाली र गुनासो मात्र होु उनले भने, कुनै फटाहा उमेदवारले पैसा नै दिएको भएपनि केही छैन, यो गोप्य मतदान हो,सहि उमेदवारलाई भोट हाल्नुस त्यस्ताले दिएको पैसा आँफै फच्या हुन्छन्।
आफ्नो कार्यक्रममा लामिछानेले के भने
सहि उमेदवार हेर्न सकिएन र केवल राजनीतिक दल र चुनाव चिन्हलाई हेरेर भोट दिनुभयो भने थाहा छ के हुन्छ रु फेरी तपाई हामी चियापसल भट्टी गल्ली,कोठा,चोटामा बसेर कुनै नेतालाई गाली गरीरहेका हुन्छौँ । कुनै समयमा एउटा ठुलो होटल थियो ,त्यसको अवस्था नाजुक थियो ।
खाना नमिठो, सर्भिस खत्तम, सफाई सुविधा सब खत्तम थिए । लगानीकर्ताहरु डुब्ने तरखरमा थिए,व्यापार नभएर सब टाट पल्टदै थिए । यसै बिच एक दिन होटलको म्यानेजमेन्ट परिर्वतन भयो र नयाँ क्षमतावान टिमले होटलको जीम्मा लियो । यो टिमलाई राम्रारी थाहा थियो कि समस्या कहाँ कहाँ छ भनेर ।
दक्ष,अनुभवी,क्वालीफाइड व्यक्ति एकाण्ट,म्यानेजमेन्ट,मानव स्रोतसाधान सम्हाले, मेन्यु, सर्भिस,कुक वेटर सबै नयाँ म्यानेजमेन्टले परिर्वतन गर्यो । केही बर्षमा त्यही होटल सहि ठाँउमा आयो र राम्रो मुनाफा कमाउन सफल भयो । कुरा यत्ति हो , कि त भएकाले इमान्दार बनेर सुध्रिएर मुलुक चलाउनु पर्छ कित जानेका लाई जनताले छानेर पठाउनु पर्छ । केही विद्वान भनौदाहरु संसारका विभिन्न देशहरुमा यसो यसो भएको थियो भनेर उदाहरण दिन्छन ।
उदाहरण दिने विद्वानहरुलाई भन्न चाहान्छौँ,ति देशहरु किन विकसिति भए भने ति देशहरुमा पैसाका लागि आफ्नो देश विरुद्व दलाली गर्ने नेताहरु थिएन्न । ति देशहरुमा हाम्रा जस्ता छिमेकी राष्ट्रहरु थिएन्न र ति देशहरुमा तपाईहरु जस्ता अति जान्ने सुन्ने बुझक्का विद्वान र विज्ञहरु थिएन्न ।
तपाई मतदान केन्द्रमा पुग्न केही घण्टा मात्र बाँकी छ । यो केही घण्टामा तपाईले गर्ने निर्णयले यो मुलुकको भविष्य निर्धारण गर्छ । आज सम्म मुलुक तपाईको हातमा छ ,भोलीबाट तपाई हामीले गर्न सक्ने भनेको गाली र गुनासो मात्र हो । कुनै फटाहा उमेदवारले पैसा नै दिएको भएपनि केही छैन, यो गोप्य मतदान हो,सहि उमेदवारलाई भोट हाल्नुस त्यस्ताले दिएको पैसा आँफै फच्या हुन्छन् ।
सिधाकुरा जनतासंगर न्युज २४ टिभीबाट
प्रतिक्रिया