पोखरामा सुरक्षा व्यवस्था कडा : एकै रातमा ७८ जना पक्राउ
सारांश
- पोखरा ।
- चाडपर्व नजिकिदै गर्दा कास्की प्रहरीले शान्ति सुरक्षालाई कडा बनाएको छ ।
- कास्की प्रहरीले दिउसोको समयमा भन्दा रातीको समयमा शान्ति सुरक्षालाई कडा बनाउदै विशेष सुरक्षा जांच योजना ल्याएको कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले वताए ।
पोखरा । चाडपर्व नजिकिदै गर्दा कास्की प्रहरीले शान्ति सुरक्षालाई कडा बनाएको छ । कास्की प्रहरीले दिउसोको समयमा भन्दा रातीको समयमा शान्ति सुरक्षालाई कडा बनाउदै विशेष सुरक्षा जांच योजना ल्याएको कास्की प्रहरीका प्रवक्ता डिएसपी खड्क बहादुर खत्रीले वताए ।
चाडपर्व नजिकिदै गर्दा चोरी, डकैती जस्ता समाजमा हुने विभिन्न बिसंगतीहरुलाई न्युनिकरण गराउनका लागी कास्की प्रहरीले रातको समयमा वढी मात्रामा प्रहरी परिचालन गरी चेकिङ तथा गस्ती बढाएको खत्रीले वताए ।
प्रहरीले शुक्रबारदेखी पोखरा क्षेत्रमा सुरक्षा ब्यवस्था कडा पारी चेकजांचलाई समेत तीब्रता दिएको छ । जस अन्तर्गत शुक्रबार ७८ जना पक्राउ गरेका छन । चेकजांचको क्रममा ७६ वटा मोटरसाइकल र २ वटा कारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
चेकजांचको क्रममा वढी मात्रामा मादक पदार्थ सेवन गरी सवारी चलाएका हरुलाई सवारी सहित नियन्त्रणमा लिइ कारवाही गरिएको समेत प्रवक्ता खत्रीले जानकारी दिए । सवारी सहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरीको परिसरामा प्रहरी र ब्रह्मकुमारी इश्वरीय महाविद्यालयबाट प्रशिक्षण प्रदान गरी आफन्तको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया