प्रहरी हवल्दार मृत अवस्थामा फेला परे….

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २९, २०७४
|
|
४२ पटक हेरिएको
Shares

सारांश

  • कैलाली, २९ असार ।
  • कैलालीको अत्तरिया बजारस्थित नेचुरल ब्युटी नाम गरेको होटलमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।
  • भनजी नगरपालिका–१ मा स्थायी घर भई जोगबुढा इलाका प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा आज बिहान करिब ३ बजे उक्त होटलको कोठा नं ५ मा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

कैलाली, २९ असार । कैलालीको अत्तरिया बजारस्थित नेचुरल ब्युटी नाम गरेको होटलमा एक प्रहरी हवल्दार मृत अवस्थामा फेला परेका छन् ।

भनजी नगरपालिका–१ मा स्थायी घर भई जोगबुढा इलाका प्रहरी कार्यालयमा कार्यरत ३२ वर्षीय प्रहरी हवल्दार शेरबहादुर बूढा आज बिहान करिब ३ बजे उक्त होटलको कोठा नं ५ मा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

बुधबार राति हवल्दार बूढा एक युवतीसंग सो कोठामा बसेको र अकस्मात् छटपटाएर ज्यान गएको साथमा रहेकी ती युवतीले बताएकी छिन् । प्रहरीको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल लगिएको छ भने अनुसन्धानका लागि साथमा बसेकी युवतीलाई हिरासत राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?