पोखरामा स्थानीय र प्रहरी बिच झडप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
पोखरामा स्थानीय र प्रहरी बिच झडप

सारांश

  • पाेखरा , १५ मंसिर  लामो समय देखि सडक नबनाएर धुलो खानु परेपछि पोखराको जिरो किलो मिटरका स्थानीय बासीन्दा आन्दोलीत भएका छन् ।
  • उनीहरुले आफ्नो माग पुरा गराउन विहान एक घण्टा सडक नै बन्द गरे ।
  • पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ को जिरो किलोमिटर क्षेत्रका सडक धुलाम्य हुदाँ दिनहुँ धुलो खान बाध्य भएको स्थानीयको भनाई छ ।
पाेखरा , १५ मंसिर  लामो समय देखि सडक नबनाएर धुलो खानु परेपछि पोखराको जिरो किलो मिटरका स्थानीय बासीन्दा आन्दोलीत भएका छन् ।
उनीहरुले आफ्नो माग पुरा गराउन विहान एक घण्टा सडक नै बन्द गरे । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ को जिरो किलोमिटर क्षेत्रका सडक धुलाम्य हुदाँ दिनहुँ धुलो खान बाध्य भएको स्थानीयको भनाई छ ।
विहान करिब १० बजे देखी स्थानीय महिला केटाकेटी युवायुवती सडकमा नै झरेर बन्द गरेका थिए । बाटो खुलाउन आएका प्रहरी र स्थानीय विच केही समय धकेला धकेल समेत भएको थियो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष धनबहादुर नेपालीसगँ पनि स्थानीयले बाटो छिटो पिच गर्न दवाब दिएका छन ।
केहि बेर स्थानीय, प्रहरी र वडा अध्यक्षको चर्का चर्की भएको थियो । वडा अध्यक्ष नेपाली र स्थानीय बीच दिनको तीन पटक सम्म धुलो मार्न पानी हाल्ने, १० दिन भित्र पिच गर्न सम्बन्धीत निकायमा दवाब दिने सहमती पछि बाटो खुलेको थियो ।

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?