जेलभित्र रहेका थुनुवाको मृत्यु
सारांश
- महोत्तरी ४ असोज ।
- महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका एक थुनुवाको गए राति मृत्यु भएको छ ।
- महोत्तरीको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भएका रामनरेश शर्माको मृत्यु भएको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताएका छन् ।
महोत्तरी ४ असोज । महोत्तरी जिल्लाको जलेश्वर कारागारमा रहेका एक थुनुवाको गए राति मृत्यु भएको छ । महोत्तरीको गौशाला नगरपालिका १२ लक्ष्मीनियाँ घर भएका रामनरेश शर्माको मृत्यु भएको कारागार प्रमुख शोभेन्द्र ठाकुरले बताएका छन् ।
जबर्जस्तीकरणी मुद्दामा २०७४ साल साउन १६ गतेदेखि कारागारमा थुनुवा रहीआएका ४० वर्षीया शर्माको अस्पतालमा मृत्यु भएको हो ।
हिजो बेलुका एपेन्डिसाइट्सका कारण पेट बेस्सरी दुखेपछि उनलाई जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको बताइउको छ ।
महोत्तरी जिल्ला अदालतले जबर्जस्तीकरणी मुद्दाअन्तर्गत २०७४ साउन १६ गते उनलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा थुनामा पठाएको थियो । त्यसबेला देखि उनी बन्दी जीवन बिताउँदै आएका थिए ।
प्रतिक्रिया