मिथिलामा ‘लाइ’ बनाउन भ्याइनभ्याई

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २, २०८०
|
|
४२ पटक हेरिएको
Shares
मिथिलामा ‘लाइ’ बनाउन भ्याइनभ्याई

सारांश

  • महोत्तरी ।
  • घर–घरमा तिलासक्रायत पर्व मनाएपछि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाइ’ (तिल, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सखरको खुँदोमा मिलाएर बनाइने लड्डु, एक प्रकारको मिष्टान्न परिकार) बनाउन भ्याइनभ्याई छ ।
  • मैथिल धमाधम ‘सनेस’ (कोसेली) पुर्‍याउने चटारोमा छन् ।

महोत्तरी । घर–घरमा तिलासक्रायत पर्व मनाएपछि मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा ‘लाइ’ (तिल, चिउरा, मुरी, लट्टे र जुनेलो भुटेर सखरको खुँदोमा मिलाएर बनाइने लड्डु, एक प्रकारको मिष्टान्न परिकार) बनाउन भ्याइनभ्याई छ । मैथिल धमाधम ‘सनेस’ (कोसेली) पुर्‍याउने चटारोमा छन् । घरघरमा पर्व मनाइएपछि मिथिलामा ‘सनेस’का लागि ‘लाइ’ बटार्ने (बनाउने) चटारो हुन्छ ।

मिथिला क्षेत्रका घरघरमा अहिले तिल, चिउरा, जुनेलो र मुरीका ‘लाइ’ बनाउन थालिएको छ । सोमबार तिलासक्रायत (माघे सङ्क्रान्ति) पर्व मनाइएसँगै अब पर्वको ‘सनेस’ नातेदारका घरमा पुर्‍याउने परम्परा धान्न ‘लाइ’ बनाउने व्यस्तता बढेको हो । विवाहित छोरी, दिदीबहिनी, पूmपू, दोस्त (मित) र अन्य आफन्तकहाँ पर्वको ‘सनेस’ पठाउने स्थापित मैथिल परम्परा छ ।

‘पर्व मनाइएपछि ‘लाइ’ बनाउने व्यस्तता बढ्छ, पर्व सम्पन्नपछि सनेस पठाउनुपर्ने भएकाले अहिले घरघरै यो कामले छोपेको छ’, बर्दिबास–९ पशुपतिनगरकी शैल महतो भन्छिन्, ‘यो सामाजिक–पारिवारिक वास्तासँग जोडिएको परम्परा बन्यो, मैथिल संस्कृति हो ।’

अघिअघिका वर्षमा माघ लागेसँगै बिहानैदेखि पारिलो घाम लाग्ने गरेको विगत सम्झना भए पनि यसपालि भने हुस्सु हटेको छैन । चिसो स्याँठबीच नै सनेसको तयारी गर्नुपरेको छ । ‘माघ लागेपछि बिहानदेखि पारिलो घाम लाग्थ्यो, यसपालि अँध्यारो कुहासा (हुस्सु) ले अझै छोडेको छैन’, शैलकी छिमेकी दिपियादेवी महतो भन्छिन्, ‘यतिबेला छोरीचेली माइती भेट्न आउँछन् भन्ने आशमा हुन्छन् ।’

सामान्यतया माघ लागेपछि चिसो घट्ने र घाम लाग्ने आम अड्कल यसपालि मिलेको छैन । माघे सङ्क्रान्तिका दिन घाम नदेखिएरै बितेको थियो । आज पनि हुस्सुले छोड्ने छाँटकाँट छैन । पहिलो दिन घर र छिमेकीबीच पर्व मनाएपछि त्यसयता विवाहित चेलीबेटी र मित–मितिनीकहाँ सनेस पठाउन ‘लाइ’ बनाउने गरिन्छ ।

मिथिलामा कात्तिक शुक्लपक्षमा मनाइने छठपर्व र माघ १ गते मनाइने तिलासक्रायत पर्वको कोसेली महिनैभरि आफन्तकहाँ पुर्‍याउने परम्परा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा  घेराउ
भारतीय सुरक्षाकर्मीहरु नेपालमा आएर पर्साका एक नेपाली नागरिकलाई समातेर लगेपछि प्रहरी चौकी प्रसौनीलाई गाउँलेहरुद्वारा घेराउ
नेपाली दूतावास लण्डन सातै दिन खुल्ने
नेपाली दूतावास लण्डन सातै दिन खुल्ने
अर्थमन्त्री डा महतले भनेः  खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
अर्थमन्त्री डा महतले भनेः खुकुलो मौद्रिक नीति ल्याउँदा अर्थतन्त्र चलायमान हुन्छ
निस्क्रिय भएर बस्ने कसैलाई छुट छैन:  कमल थापा
निस्क्रिय भएर बस्ने कसैलाई छुट छैन: कमल थापा
ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता
ललितपुरमा कांग्रेस अगाडि, तीन महानगरमा एमालेको अग्रता
बालविवाह रोक्दै तमानखोला गाउँपालिका !
बालविवाह रोक्दै तमानखोला गाउँपालिका !
साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी
साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी
व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’
व्यवस्थित बनाइँदै ‘पञ्चकन्या झरना’
बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन
बैतडीका सबै स्थानीय तह शिक्षा शाखा प्रमुखबिहीन
नेपाली खेलाडी सन्दीप, सोमपाल, ज्ञानेन्द्र आइसिसी बरियतामा
नेपाली खेलाडी सन्दीप, सोमपाल, ज्ञानेन्द्र आइसिसी बरियतामा