नेपाली कामदार मलेशिया रोजागरीका लागि मलेशिया जाने बाटो खुल्यो
सारांश
- काठमाडौं।
- लामो समयदेखि रोएिको मलेशियामा नेपाल कामदार पठाउने सहमति भएको छ।
- नेपाल र मलेसियाली प्राविधिक कमिटीको बैठकले मलेसियामा रोजगारी खुलाउने निर्णय गरेको हो।
काठमाडौं। लामो समयदेखि रोएिको मलेशियामा नेपाल कामदार पठाउने सहमति भएको छ। नेपाल र मलेसियाली प्राविधिक कमिटीको बैठकले मलेसियामा रोजगारी खुलाउने निर्णय गरेको हो। यो सहमतिसँगै अब नेपाली कामदार मलेशिया रोजगारीमा जान पाउने छन्। नेपाली कामदार शून्य लागतमा मलेशिया जान पाउने भएका हुन्।
नेपाली कामदार लैजाने सबै प्रक्रिया रोजगार दाता कम्पनीले बेहोर्ने सहमति भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्णय अनुसार २०७५ जेठ २ गते औपचारिक रुपमा मलेसिया रोजगारी बन्द भएको थियो। रोजगारीका लागि मलेसिया जाने कामदारमाथि अत्याधिक आर्थिक भार परेको भन्दै मन्त्री गोकर्ण विष्टले मलेसिया रोजगारी बन्द भएको घोषणा गरेका थिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया