पोखरा-विराटनगर हवाई सेवा शुरु हुने
सारांश
- मोरङ, जेठ १३ – हवाई सेवा विस्तारसँगै अब विराटनगर र पोखरा हवाइ सेवा शुरु हुने भएको छ ।
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै सुरु हुने बताएका छन् ।
- विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा शनिबार आयोजना गरिएको कार्यक्रममा मन्त्री अधिकारीले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा विराटनगर-पोखरा हवाई उडान सुरु गर्ने बताए ।
मोरङ, जेठ १३ – हवाई सेवा विस्तारसँगै अब विराटनगर र पोखरा हवाइ सेवा शुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै सुरु हुने बताएका छन् ।
विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा शनिबार आयोजना गरिएको कार्यक्रममा मन्त्री अधिकारीले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा विराटनगर-पोखरा हवाई उडान सुरु गर्ने बताए ।
आगामी वर्षको बजेटमा विराटनगर र नेपालगन्जलाई क्षेत्रीय विमानस्थलको रुपमा सञ्चालन गर्नेगरी भारतबाट हवाई रुट पाइएकाले छिमेकी देशका शहरमा ७२ सिटे विमानवाट सेवा सञ्चालन हुने दाबी गरेका छन् ।
मन्त्री अधिकारीले भारतीय पर्यटकलाई पूर्वबाट देखिने हिमाल हेर्न सहज र सरल बनाउने सुझावलाई ध्यानमा राखी प्राविधिक अध्ययन शुरु भैसकेकाले केही दिनमै विराटनगर पोखरा उडान शुरु हुने बताए ।
प्रतिक्रिया