पोखरा विश्वविद्यालयकाे कम्प्युटर ह्याक, दुई कर्मचारी निलम्बित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १२, २०७५
|
|
४३ पटक हेरिएको
Shares
पोखरा विश्वविद्यालयकाे कम्प्युटर ह्याक, दुई कर्मचारी निलम्बित

सारांश

  • पोखरा, १२ भदाै ।
  • पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कम्प्युटर ह्याक गरेको आरोप लागेका दुई जना कर्मचारी निलम्बनमा परेका छन् ।
  • विश्वविद्यालय इन्जिनियरिङ्गमा कार्यरत अमृत थापा र हेल्थ एण्ड साईन्समा कार्यरत जीवन फुयाँललाई निलम्बन गरेको विश्वविद्यालयले विज्ञप्ती जारी गरी जानकारी दिएको छ ।

पोखरा, १२ भदाै । पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा कम्प्युटर ह्याक गरेको आरोप लागेका दुई जना कर्मचारी निलम्बनमा परेका छन् । विश्वविद्यालय इन्जिनियरिङ्गमा कार्यरत अमृत थापा र हेल्थ एण्ड साईन्समा कार्यरत जीवन फुयाँललाई निलम्बन गरेको विश्वविद्यालयले विज्ञप्ती जारी गरी जानकारी दिएको छ । विश्वविद्यालयका रजिष्ट्रार गोबिन्द शर्माले अनुसन्धान भइरहेको र १ जना कर्मचारी पक्राउ नपरेको जानकारी दिए । कम्प्युटर ह्याक गर्नेलाई खोजी गरी कारबाहीको माग सहित स्वतन्त्र विद्यार्थी युनियन आन्दोलित भएको छ । स्ववियुले सोमबार ¥याली नै निकालेर दोषीमाथी कडा कारबाहीको माग गरेको हो ।

घटना भाद्र ५ गते राति ७ बजेको हो । ३ जना व्यक्ति परीक्षा नियन्त्रण कार्यालयमा पुगेका थिए । १ जना पोखरा विश्वविद्यालयकै अधिकृत स्तरका कर्मचारी, अर्का पूर्व विद्यार्थी र १ जना कार्यालय सहयोगी थिए । अधिकृतस्तरका कर्मचारीले डेपुटि कन्ट्रोलर प्रकाश बहादुर अधिकारीले इन्जिनियरिङ शाखामा पाटेशन गर्नकालागि नापजाँच गर्नुछ भनेर आएको जानकारी दिएका थिए । ती सुरक्षा गार्डले परीक्षा नियन्त्रण कार्यालय इन्जिनियरिङ शाखा ‘गोप्य’को चाबी खोलिदिएका थिए । उनीहरु भित्रै झण्डै ५६ मिनेट बसेको सिसि क्यामेराको फुटेजमा देखिएको छ ।

परीक्षा नियन्त्रक डा. भरतराज ढुंगानाका अनुसार सबै कम्युटरमा पासवर्ड राखिएको थियो । तर ४ वटै कम्युटर बिनापासवर्ड खुलेपछि कार्यालयमा ह्याक भएको भन्दै हल्ला खल्ला भएको थियो । लगत्तै कार्यालयका कर्मचारीसहित परीक्षा समितिको बैठक बस्यो । सुरक्षा गार्डलाई बोलाएर सोधपुछ गरेपछि पाटेशनको नाप गर्ने भन्दै हातमा टेप बोकेर छिरेका व्यक्तिले नै इन्जिनियरिङ्ग गोप्य शाखाको कम्युटर ह्याक गरेको वास्तविकता बाहिर आएको थियो । कार्यालयका सबै ठाउँमा सिसि क्यामेरा जडान गरिएको छ । राति साढे ७ बजे गोप्य कक्षमा छिरेका व्यक्तिले कम्युटर चलाइरहेको सिसी क्यामेराको फुटेजमा देखिएको थियो ।

हजारौँ विद्यार्थीको डाटा रहेको कम्युटर नै ह्याक भएपछि परीक्षा समितिको बैठक बसेर अनुसन्धानका लागि प्रहरीलाई खबर गरेको थियो ।

किन गरियो कम्युटर ह्याक ?

परीक्षा नियन्त्रक डा. भरतराज ढुंगाना भन्छन्, ‘१६ गतेबाट इन्जिनियरिङ्ग स्नातक तहको परीक्षा छ । प्रारम्भिक अध्ययनले प्रश्नपत्र बाहिर ल्याउन कम्प्युटर ह्याक भएको हुन सक्छ ।’ सँगसगै विद्यार्थीको प्राप्तांक नै तलमाथि गर्न कम्युटर ह्याक भएको हुनसक्ने अनुमान गर्न सकिन्छ । तत्कालको अवस्थालाई हेर्दा कम्युटरमा पूर्व विद्यार्थीले आफ्नो डाटा तलमाथि नगरेका कारण उनी प्रश्नपत्र आउट गर्नकै लागि कम्प्युटर ह्याक गरेको हुनसक्ने अनुमान गरिएको आइसिटि शाखा प्रमुख उदयराज ढुंगानाले बताए ।

उनले भने ‘ह्याक गर्ने व्यक्ति ४ वर्षअघि पोखरा विश्वविद्यालयकै विद्यार्थी थिए । उनी र अधिकृतस्तरका व्यक्तिले त्यहाँको वातावरण, बेलासमय सबै हेरेर कम्युटर ह्याक गर्न जाने समय मिलाएका हुन् ।’ कम्युटर ह्याक गर्ने व्यक्तिले सिसी क्यामरातिर भने ध्यान नदिएको उनले बताए । यसैबीच विश्वविद्यालयले विद्यार्थीका सबै डाटा सुरक्षित रहेको जनाएको छ । ‘कम्युटरमा रहेका अभिलेखहरु चोरी, नष्ट वा हेरफेर गरिएको हुनसक्ने भएता पनि अभिलेखका सम्पूर्ण ब्याकअप सुरक्षित छन् ’ ढुंगानाले भने । यहि भाद्र १६ गते हुने परिक्षालाई नरोक्नका लागि अहिले परिक्षाको तयारी भइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
पारमाणिक निःशस्त्रीकरणमा किम जोङ उन सहमत नभए बैठक छाड्ने ट्रम्पको घोषणा
धमाधम पक्राउ पर्न थाले विप्लव समूहका नेता
धमाधम पक्राउ पर्न थाले विप्लव समूहका नेता
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
सनी लियोनीको यस्तो फोटो, जसले इन्टरनेटमा मच्यायो सनसनी
प्रदेश नं ३ मा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल
प्रदेश नं ३ मा भ्रष्टलाई ठाउँ छैनः मुख्यमन्त्री पौडेल
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच भेटवार्ता
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
चुनावको राजनीतिक वातावरण तयार गर्न प्रधानमन्त्रीलाई राष्ट्रपतिको सुझाव
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
नेपालमा लगानी गर्न भारतीय लगानीकर्तालाई प्रधानमन्त्रीको आग्रह
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
पीपीएल क्रिकेटः काठमाडाैँकाे लगातार दाेस्राे जित, विराटनगरको प्लेअफ खेल्ने सम्भावना न्युन !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको   शिखर सम्बाद !
चलचित्र निर्माता संघका अध्यक्ष तथा कलाकार संघका पूर्व अध्यक्ष नवल खड्कासँगको शिखर सम्बाद !
आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक हर्षित
आँप र लिचीका बोटमा लटरम्म फूल फुलेपछि कृषक हर्षित