पौदीबासीहरुको न्वागी मेला सुरु

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २९, २०७४
|
|
२४ पटक हेरिएको
Shares
पौदीबासीहरुको न्वागी मेला सुरु

सारांश

  • कौरव खत्री :कात्तिक २९ गुल्मी ।
  • गुल्मी र बाग्लुङ्ग अन्र्तगत पौदीबासीहरुको न्वागी पर्वसँगै लाग्ने न्वागी मेला मंगलबारदेखि खार बजारमा सुरु भएको छ ।
  • मेलासँगै विभिन्न व्यापार र व्यवसाय मा चहलपहल बढेको छ ।

कौरव खत्री :कात्तिक २९ गुल्मी ।गुल्मी र बाग्लुङ्ग अन्र्तगत पौदीबासीहरुको न्वागी पर्वसँगै लाग्ने न्वागी मेला मंगलबारदेखि खार बजारमा सुरु भएको छ । मेलासँगै विभिन्न व्यापार र व्यवसाय मा चहलपहल बढेको छ ।

 

न्वागी पर्व नया अन्न घरमा भित्र्याएको खुसीयाली स्वरुप पौदीबासीहरुले भव्य रुपमा मनाउने गर्दछन् ।

न्वागी पर्वमा स्थानीय जर्डन जातको धानको चामल,दहि,केरा,सिलाम,चिनी, आदिको समिश्रणबाट तयार पारिएको न्वागीलाई पौदीबासीहरुले विधिवत रुपमा दिन र शुभसाइत जुराएरे आ– आफ्ना नातागोता,इष्टमित्र र आफन्तजनहरु बोलाएर न्वागी खाने प्रचलन रहेको छ ।

गुल्मी र बाग्लुङ्गको संगम स्थल ग्वालिचौरको खारबजारमा सञ्चालन भएको न्वागी मेलामा यस क्षेत्रमा कृर्षकहरुले उत्पादन गरेका हिउदे र नगदे खाद्यान्न , बेमौसमी कृषि उपजहरुको प्रर्वद्धन र प्रोत्साहन गर्न कृषि मेला प्रर्दशनी मार्फत उत्कृष्ट कृषकहरुलाई सम्मान गर्ने पौदी न्वागी मेला व्यवस्थापन समितिका सचिव विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।

यस क्षेत्रकै प्रसिद्ध मेलाको रुपमा परिचित न्वागी मेलालाई पौदीबासीहरुले महत्वपूर्ण पर्वका रुपमा मनाउने गर्दछन् ।

मेलामा बढि मात्रमा फलफुल अन्र्तगत सुन्तला,होटल व्यवसाय,फेन्सी कपडा पसल तथा स्थानीय रुपमा उत्पादित कृषि उपज लगायतको कारोबार राम्रो हुने गर्दछ । यसपालीको मेलामा १ करोड भन्दा माथिको आर्थिक कारोबार हुने अनुमान गरिएकोे मेला समितिका कोषाध्यक्ष खरेलले जानकारी दिनुभयो ।

मेलालाई एउटा व्यापारिक केन्द्रको रुपमा पनि लिने गरिन्छ । मेलालाई मधयनजर गरि विभिन्न स्थानहरुबाट आफ्नो व्यापार लिएर खार बजारमा व्यापारीहरु आउने क्रम जारी रहेको छ ।

मेला मंसिर २ गते सम्म सञ्चालन हुने मेलामा सामान्य फलफूल पसल देखि लिएर ठूला होटल व्यवसाय र झुला पिङ्ग लगायत गरि झण्डै साना र ठूला व्यापारको ३० बढि वटा स्टलहरु बुकिङ गरेको मेला समितिका कोषाध्यक्ष प्रदिप खरेलले जानकारी दिनुभयो ।

पश्चिमाञ्चल क्षेत्रकै प्रसिद्ध मेलाको रुपमा परिचित न्वागी मेलालाई एउटा व्यापारिक केन्द्रको रुपमा विकसित हुदै गएको छ ।मेलालाई मधयनजर गरि विभिन्न स्थानहरुबाट आफ्नो व्यापार लिएर खार बजारमा व्यापारीहरु आउने क्रम जारी रहेको छ ।

मेलामा भलिवल प्रतियोगिता,साँस्कृतिक तथा कृषि मेला प्रर्दशनी, सोरठी भैलो प्रर्दशनी, रेर्कड डान्स लगायतका कार्यक्रमहरु मुख्य आर्कषणका रुपमा रहेको आयोजकले बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भट्टिमा त सधैं एक साथ छौँ (कविता)
भट्टिमा त सधैं एक साथ छौँ (कविता)
एकतामा आएका नेता–कार्यकर्तालाई जिम्मेवारी दिन माअोवादीको यस्तो तयारी
एकतामा आएका नेता–कार्यकर्तालाई जिम्मेवारी दिन माअोवादीको यस्तो तयारी
इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
इन्डोनेसियामा ७.३ म्याग्नीच्यूडको भूकम्प
एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत
एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत
छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने
छात्रावास सञ्चालनका लागि महानगरबाट स्वीकृति लिनुपर्ने
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
संविधान विगतको सङ्ग्रह, वर्तमान प्रतिविम्ब र भविष्यमा हिँड्ने बाटोको एकीकृत रूप :प्रधानमन्त्री ओली
हेर्नुस् तपाइँको आजको राशिफल कस्तो छ
हेर्नुस् तपाइँको आजको राशिफल कस्तो छ
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
जनतासँग आत्मीयता बढाउन सामाजिक सुरक्षा अभियान : प्रम ओली
अदालतको आदेश विपरित इँटा उत्पादन
अदालतको आदेश विपरित इँटा उत्पादन
प्रचण्ड र माधव नेपालको पार्टीले एक सिट जिते मेरौ सबै सम्पत्ति दिन्छुः दुर्गा प्रसाई
प्रचण्ड र माधव नेपालको पार्टीले एक सिट जिते मेरौ सबै सम्पत्ति दिन्छुः दुर्गा प्रसाई

तपाईंले छुटाउनुभयो कि?