एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २७, २०८०
|
|
४६ पटक हेरिएको
Shares
एडीबीद्वारा बङ्गलादेशको लागि थप १९ करोड डलर स्वीकृत

सारांश

  • काठमाडाैं ।
  • एडिबीले बङ्गलादेशको ग्रमिण सडक सञ्जाल परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर स्वीकृत गरेको छ ।
  • एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशमा जारी ग्रामीण सडक सञ्जाल सुधार परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको हो ।

काठमाडाैं । एडिबीले बङ्गलादेशको ग्रमिण सडक सञ्जाल परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर स्वीकृत गरेको छ । एसियाली विकास बैंक (एडिबी) ले बङ्गलादेशमा जारी ग्रामीण सडक सञ्जाल सुधार परियोजनाका लागि थप १९ करोड अमेरिकी डलर अनुदान स्वीकृत गरेको हो ।

एडीबीको दक्षिण एसिया विभागको वातावरण, प्राकृतिक स्रोत तथा कृषि महाशाखाका प्रमुख ग्रामीण विकास विशेषज्ञ मासाहिरो निशिमुराले भने, ‘बङ्गलादेशको ग्रामीण सडक सञ्जालको सुधारलाई थप विस्तार गर्नुका साथै ग्रामीण क्षेत्रमा जीवनस्तर उकास्न जलवायु तथा विपद् उत्थानशीलता र सडक सम्पत्ति व्यवस्थापनमा नवीनतम विशेषताहरू प्रस्तुत गर्दै यस परियोजनाका लागि एडिबीको यो दोस्रो अतिरिक्त वित्तपोषण हो ।’

मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले भने, ‘यो परियोजनाले ग्रामीण क्षेत्रमा यातायात दक्षता र विश्वसनीयता सुधार गर्न, कृषि उत्पादकत्व बढाउन र देशको दिगो आर्थिक वृद्धिमा मद्दत गर्न रोजगारी सिर्जना गर्न मद्दत गरिरहेको छ ।’ सन् २०१८ को नोभेम्बरमा स्वीकृत भएको यस परियोजनाले करिब एक हजार ७०० किलोमिटर ग्रामीण सडकको स्तरोन्नती गर्ने, ग्रामीण पूर्वाधार निकाय र सडक प्रयोगकर्ताको क्षमता अभिवृद्धि गर्ने र ग्रामीण सडक गुरुयोजनामा सुधार गर्ने लक्ष्य राखेको छ । सन् २०२० देखि ९०० किलोमिटरभन्दा बढी ग्रामीण सडकलाई मूल लक्ष्यमा जोडेको छ ।

यस नवीनतम ऋणले सबै मौसमसम्बन्धी मापदण्ड, लचिलोपन र सुरक्षा सुविधाहरूको साथ अर्को एक हजार ३५० किलोमिटर ग्रामीण सडकहरूको सुधारलाई थप विस्तार गर्नेछ । यसले ग्रामिण परियोजनाका लागि क्षेत्रीय स्तरमा १८० घुम्ती सडक मर्मत कार्यालयहरूलाई उपकरण र ट्रकहरू प्रदान गर्नेछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए
अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए
प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल
प्रदेश ५ को मुख्यमन्त्रीमा मेरो विकल्प छैनः शंकर पोखरेल
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
बार्सिलोनाको हारबारे कट्टर दुश्मन क्लवका प्रशिक्षकको यस्तो टिप्पणी
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै,  यस्तो छ भाडादर
नेपाल एयरलाइन्सले मलेसिया–भैरहवा नियमित उडान सुरु गर्दै, यस्तो छ भाडादर
थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस
थापाथलीमा रहेका बाँदरमा एसआइभी एड्सको भाइरस
आश्विन शुक्ल षष्ठी :  कात्यायनीे देवीको पूजा आराधना गरिँदै
आश्विन शुक्ल षष्ठी :  कात्यायनीे देवीको पूजा आराधना गरिँदै
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा सदन अवरोध
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसद्वारा सदन अवरोध
प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
प्रधानसेनापति भने, ‘हामी मरेर भए पनि देशको स्वाधिनता बचाउँछौँ’
अनुष्काले जितिन् मिस नेपाल वर्ल्ड २०१९ को उपाधि
अनुष्काले जितिन् मिस नेपाल वर्ल्ड २०१९ को उपाधि
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी
प्रभावकारी हुन सकेन बक्स अफिस, बोर्ड र निर्देशकबीचकाे जुहारी