प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १४, २०७५
|
|
२८ पटक हेरिएको
Shares
प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता

सारांश

  • काठमाडौं, १४ असार ।
  • स्व.
  • प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु भएको छ ।

काठमाडौं, १४ असार । स्व. प्रकाश दाहालको स्मृतिमा खुल्ला बक्सिङ प्रतियोगिता शुरु भएको छ ।

नेपाल बक्सिङ संघको तत्वावधान र अखिल नेपाल खेलकूद संघको आयोजनामा आजदेखि लैनचौरमा सो खेल शुरु भएको हो । कार्यक्रमको उदघाटन गर्दै गृहमन्त्री रामबहादुर थापा “बादल”ले स्व. दाहाल नेपालको कम्युनिष्ट आन्दोलनमा होनहार युवा भएको बताए । “स्व. दाहालको सपना समृद्ध नेपाल निर्माणको थियो । त्यो सपनालाई पूरा गर्न अहिले सरकार लागिरहेको छ”, गृहमन्त्री थापाले भने ।

गृहमन्त्री थापाले खेलले युवालाई एकापसमा एकताको भावना निर्माण गर्ने र स्वास्थ्यका लागि समेत फाइदा हुने बताए । गृहमन्त्री थापाले खेलमा जितहार हुने तर खेलको माध्यमबाट देश निर्माणमा महत्वपूर्ण भूमिका पुग्ने विश्वास व्यक्त गरे ।

विश्वभर लोकप्रिय खेलका रुपमा रहेको बक्सिङलाई नेपालमा पनि लोकप्रिय खेलका रुपमा लिइन्छ । आगामी १७ गतेसम्म चल्ने प्रतियोगितामा २५ जिल्लाका १५० भन्दा बढी खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुषको १० समूह र महिलाको ८ समूह रहेको आयोजकले जनाएको छ ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”का सुपुत्र प्रकाश दाहालको २०७४ मंसिर ३ गते निधन भएको थियो ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Niranjan Khanal

    स्मृति गर्नु पर्ने के चाहि काम गरेका रहेनछन्

    Comment Author

    Anuj Rana

    Yo khate

    Comment Author

    Tej Kanta

    Swejarlyand banyo ni nepal

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?