सूचना प्रविधि क्षेत्रमा योगदान दिनेलाई सरकारको सम्मान

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०८०
|
|
४६ पटक हेरिएको
Shares
सूचना प्रविधि क्षेत्रमा योगदान दिनेलाई सरकारको सम्मान

सारांश

  • काठमाडौँ ।
  • सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारको अभियानमा विशिष्ट योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।
  • सूचना तथा सञ्चार प्रविधिको अधिकतम् प्रयोगबाट प्रभावकारी सेवा गरेका सार्वजनिक संस्था तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनमा उत्कृृष्ट कार्य गरी सहयोग पु¥याउने निजी क्षेत्रलाई सम्मान गरिएको हो ।

काठमाडौँ । सरकारले सूचना प्रविधि क्षेत्रको विकास र विस्तारको अभियानमा विशिष्ट योगदान दिने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ ।

सूचना तथा सञ्चार प्रविधिको अधिकतम् प्रयोगबाट प्रभावकारी सेवा गरेका सार्वजनिक संस्था तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धनमा उत्कृृष्ट कार्य गरी सहयोग पु¥याउने निजी क्षेत्रलाई सम्मान गरिएको हो । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आयोजना गरेको कार्यक्रम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो सम्मान गरिन् ।

कार्यक्रममा ‘नेसनल आइसिटी एक्स्लेन्स अवार्ड’ पूर्वसहसचिव वीरेन्द्रकुमार मिश्र, महिलातर्फ ‘नेसनल आइसिटी एक्स्लेन्स अवार्ड’ प्राध्यापक तिमिला यमी थापा र ‘नेसनल आइसिटी इन्नोभेसन अवार्ड’ प्रिसा टेक्नोलोजीलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु एक लाख रहेको छ ।

यस्तै, सरकारी क्षेत्रतर्फ सूचना प्रविधिको प्रयोगमार्फत उत्कृष्ट सेवा पु¥याउने सर्वोच्च अदालतलाई ‘नेसनल आइसिटी अवार्ड’ र सूचना प्रविधिको विकासमा उल्लेख्य योगदान दिने निजी क्षेत्रका इन्फो डेभलपर्स प्रालि ललितपुर र गभर्नेन्स अटोमेसन प्रालिलाई ‘नेसनल आइसिटी अवार्ड’ प्रदान गरियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु
इँटाभट्टाको पर्खाल भत्किँदा एक महिलाको मुत्यु
रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
रेशम चौधरीलाई साङ्लो लगाउनेलाई प्रधानमन्त्रीद्वारा कारवाहीको निर्देशन
आजबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने
आजबाट बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाइने
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
मौलिक पर्वले आपसी सद्भाव, हार्दिकता र समतामूलक समाज निर्माणमा उत्प्रेरणा दिने मुख्यमन्त्री राउतको विश्वास
सबै राजनीतिक परिवर्तन सहमतिबाटै : अध्यक्ष दाहाल
सबै राजनीतिक परिवर्तन सहमतिबाटै : अध्यक्ष दाहाल
उपभोक्ता ठग्नेलाई तीन लाख जरिवानामा !
उपभोक्ता ठग्नेलाई तीन लाख जरिवानामा !
डोटी बस दुर्घटना : तीन मृतकको सनाखत, ३३ घाइते
डोटी बस दुर्घटना : तीन मृतकको सनाखत, ३३ घाइते
प्रदेश नम्बर तीनः ‘प्रदेशमन्त्री’का लागि सरेश नेपालको शक्तिशाली दाबेदारी, कस्तो छ सम्भावना ?
प्रदेश नम्बर तीनः ‘प्रदेशमन्त्री’का लागि सरेश नेपालको शक्तिशाली दाबेदारी, कस्तो छ सम्भावना ?
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
चीनमा फेरि थपिए कोरोना संक्रमित, अमेरिकामा एकै दिन १३२१ को मृत्यु
एक किलो चाँदीसहित भारतीय पक्राउ
एक किलो चाँदीसहित भारतीय पक्राउ