निर्मला हत्याकाण्ड: अब एसपी र डिएसपीको डिएनए जाँच्न माग

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
३५ पटक हेरिएको
Shares
निर्मला हत्याकाण्ड: अब एसपी र डिएसपीको डिएनए जाँच्न माग

सारांश

  • उल्टाखाम (कञ्चनपुर) – निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्।
  • प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्।
  • ‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरूका कल डिटेल हेरिनुपर्छ,’ निर्मलाका मामा केशव भण्डारीले भने, ‘एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।

उल्टाखाम (कञ्चनपुर) – निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्। प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्।

‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरूका कल डिटेल हेरिनुपर्छ,’ निर्मलाका मामा केशव भण्डारीले भने, ‘एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।’

निर्मलाका आफन्तले अनुसन्धानमा खटिएका प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गर्न पनि माग गरेका छन्। एसपी बिष्ट, डिएसपी जिसीलगायतका अनुसन्धानमा संलग्न प्रहरी टोलीलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र निर्मला हत्याको दोषी पत्ता लाग्ने उनकी आमा दुर्गादेवीले बताइन्। ‘४८ दिनसम्म मेरी छोरीको हत्यारा पत्ता लागेको छैन। निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै मेरी छोरीको हत्यामा संलग्न छन्,’ दुर्गादेवीले भनिन्, ‘प्रहरीभित्रका मान्छेलाई हिरासतमा राखेर अनुसन्धान गरेमात्र छोरीको हत्यारा पत्ता लाग्न सक्छ।’

आजको नागरिक दैनिकमा मुख्य खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस
‘मनैदेखि सेवा’ नाराका साथ मनाइयो विश्व रेडक्रस दिवस
नेकपा बैठक धुम्बाराहीमा २ बजे बस्दै, ओली जान मानेनन्
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
कञ्चनपुरमा त्रिपक्षीय प्रतिस्पर्धा, ससुरा कांग्रेस र ज्वाँई एमालेका उम्मेदवार .
बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले
बाढीबाट विस्थापित हेलम्बुका युवा पुनः ट्राउट माछा व्यवसायमा फर्किन थाले
शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए
शहर कब्जा गर्नेक्रममा चौध सुरक्षाकर्मी मारिए
न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति
न्यायाधिशलाई जेल हालिएकोमा राष्ट्रसङ्घीय अदालतको आपत्ति
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल
सरकार र डा. गोविन्द केसी पक्षबीचको वार्ता असफल
उपत्यकामा आज एकै दिन ११ सय ७ जना कोरोना संक्रमण पुष्टि
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
नक्कली भूटानी शरणार्थी प्रकरण : एमाले नेता टोपबहादुर रायमाझी पक्राउ
वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई
वर्ष उत्कृष्ट क्रिकेट खेलाडीको अवार्ड सन्दीप लामिछानेलाई