पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २०, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पशुपतिमा ५ हजार सुरक्षाकर्मी परिचालन

सारांश

  • काठमाडौँ।
  • महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ।
  • पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
काठमाडौँ। महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको छ। पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ। भक्तजनको लामको व्यवस्था, सुरक्षा, आवास, तथा प्राथमिक स्वास्थ्योपचारलगायत सम्पूर्ण तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताए।
पशुपतिनाथ पाश अर्थात् बन्धनमा परेका प्राणीका मुक्तिदाता मानिन्छन्। कैलाशनिवासी शिवले मृगस्थलीमा मृग रुप लिई धेरै वर्ष रमण गरेको पौराणिक कथामा वर्णन छ। 
पशुपतिनाथ मन्दिर परिसरमा सुरक्षाका लागि पाँच हजार सुरक्षाकर्मी र भीडभाड नियन्त्रणका लागि चार हजार स्वयंसेवक परिचालन हुने भएका छन्। कोषको ऐनमा नै पाशुपत क्षेत्रमा मासु, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रि पर्वमा समेतमा गाँजा, भाङ, जाँडरक्सी जस्ता नशालु पदाको बिक्रीवितरण, ओसारपसार एवं प्रयोगमा प्रतिबन्ध लगाइएको सचिव ढकालले बताए। 
कोषले यस वर्ष दर्शनार्थीको सहजताका लागि चारैतर्फ लामको व्यवस्था मिलाएको छ। विगत वर्षमा मूल सभा समितिबाट नै सम्पूर्ण व्यवस्था हुन्थे। यस वर्ष एउटा एउटा विषयगत उपसमितिको गठन भई सेवा दिइने भएको कोषले जनाएको छ। 
त्यस्तै दर्शनार्थी बाहिरिने मूलद्वार नजिकै चन्दन वितरण गरिने व्यवस्था मिलाइएको छ । हंसमण्डप,वनकालीको खुला स्थान,तिलगंगा क्षेत्रलाई आवास क्षेत्र तोकिएको छ। आवास क्षेत्रमा १०० संस्थाले नि : शुल्क भोजन, पानी र चिया वितरणको व्यवस्था मिलाइएको छ। 
यस वर्ष शिवरात्रिका लागि पशुपतिनाथ मन्दिरमा आउने साधुसन्तको सङ्ख्या वृद्धि भएको छ। इलाहावादस्थित प्रयागमा भएको कुम्भमेलालगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढेको कोषका मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताउनुभयो । उनीहरुलाई यही फागुन २२ गते दानदक्षिणका साथ बिदाइ गरिने कोषले जनाएको छ। 
त्यस्तै पार्किङ तथा ट्राफिक व्यवस्थापनका लागि पाँच स्थान छुट्याइएको छ । यस वर्ष कोषले सशुल्क दर्शन पासको व्यवस्था खारेज गरेको छ। दर्शनका लागि बिहान ३ः ३० बजेदखि नै पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिने कोषले जनाएको छ। रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्फ्रास्ट्रक्चर बैंकको सर्वाधिक कारोबारसँगै नेप्से उच्च स्थानमा
नेकपामा पोलिटव्यूरो गठनले सकस, कहिले होला समाधान ?
नेकपामा पोलिटव्यूरो गठनले सकस, कहिले होला समाधान ?
प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई
प्रधानमन्त्री प्रचण्डलाई पाकिस्तानी समकक्षी शरिफको बधाई
सङ्क्रमण फैलन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक
सङ्क्रमण फैलन नदिन भारतमा अधिकांश प्रवेशाज्ञामा रोक
नेकपाले ६ महानगरमा टुँगो लगायो अध्यक्ष र सचिव (नामसहित)
नेकपाले ६ महानगरमा टुँगो लगायो अध्यक्ष र सचिव (नामसहित)
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
बाग्मती,गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी
आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु
आगो लगाएर घाइते बनाइएकी युवतीको मृत्यु
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस
घरमा बम विस्फोटपछि बोले बाँस्कोटा : गम्भिर छानबिन हुनुपर्छ, दोषीलाई कारबाही होस
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली
समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा हुन आवश्यक छः ओली
‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’
‘आगामी निर्वाचनमा पार्टीको अवस्था सुधार्नुपर्ने’

तपाईंले छुटाउनुभयो कि?