प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३१, २०७४
|
|
२० पटक हेरिएको
Shares
प्रकृति र संस्कृति नै मुलुकलाई सम्वृद्ध बनाउने आधार

सारांश

  •  उपराष्ट्रपति पुन तत्कालिन र दीर्घकालिन गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड काठमाडौं ।
  • उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रकृति र संस्कृतिको भरपूर सदुपयोग गर्दै मुलुकलाई सम्वृद्ध बनाउने अभियानमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् ।
  • पर्यटन, कृषि, उर्जा र जडिबुटी सम्वृद्विका खम्बा भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले तत्कालिन र दीर्घकालिन गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

 उपराष्ट्रपति पुन तत्कालिन र दीर्घकालिन गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङले प्रकृति र संस्कृतिको भरपूर सदुपयोग गर्दै मुलुकलाई सम्वृद्ध बनाउने अभियानमा लाग्नुपर्ने आवश्यकता औंल्याएका छन् । पर्यटन, कृषि, उर्जा र जडिबुटी सम्वृद्विका खम्बा भएको उल्लेख गर्दै उपराष्ट्रपति पुनले तत्कालिन र दीर्घकालिन गुरुयोजना निर्माण गरेर अघि बढ्नुपर्नेमा जोड दिए । मंगलबार होटल मनाङमा सम्पन्न गन्तव्यन्युज डटकमको चौथो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले नेपालको सबै गाउँहरु पर्यटकीय हिसाबले महतत्वपूर्ण रहेकोले त्यसलाई पर्यटकीय प्रडक्टको रुपमा स्थापित गरिनुपर्ने बताए । राजनीतिक अस्थिरताका कारण सम्भावनाहरुको पहिचान र प्रवद्र्धन हुन नसकेको दृष्टान्त प्रस्तुत गर्दै त्यसलाई चिरेर नयाँ गन्तव्यहरुको पहिचान तथा प्रवद्र्धनमा ध्यानकेन्द्रित गर्न जरुरी रहेको बताए ।

‘संविधान कार्यान्वयनको शिलशिलामा स्थानीय तहको निर्वाचन सम्पन्न भई मुलुक संघ र प्रदेशको निर्वाचनतर्फ केन्द्रित भइरहेको छ’ उपराष्ट्रपति पुनले भने –‘योसँगै अब हामी स्थायित्वतर्फ अघि बढेका छौं । सकारात्मक सोचका साथ सम्वृद्धिका निम्ति सबैले आआफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्ने बेला आएको छ ।’ सो अवसरमा टुरिजम लाइफ टाइम एचिभमेन्ट अवार्ड २०१७ बाट पाटा नेपाल च्याप्टरका अध्यक्षसमेत रहेका बरिष्ठ पर्यटन व्यवसायी सुमन पाण्डेलाई सम्मानित गरिएको थियो । सम्मान ग्रहण गर्दै पाण्डेले मुलुकको पर्यटन प्रवद्र्धनमा सिर्जनात्मक रुपमा अघि बढ्नुपर्ने बताए । नेपाललाई सम्वृद्ध बनाउने माध्याम पर्यटन उद्योग भएको भन्दै यसको वृद्धि विकासमा राज्यस्तरबाट थप नयाँ योजना तथा कार्यक्रम ल्याउन जरुरी रहेको पनि उनले बताए । पूर्व सांसद जगदिशनरसिंह केसीले नयाँ गन्तव्यहरुको पहिचान गरी प्रवद्र्धन गर्नुपर्ने आवश्यकता औल्याउँदै त्यसका निम्ति सरकार र निजी क्षेत्रबीच साझेदारी रहनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन व्यवसायी संगठनका राष्ट्रिय संयोजक नवराज दाहालले नेपाल घुम्ने पर्यटकको संख्यात्मक र गुणात्मक बृद्धि समय सापेक्ष हुन नसकेको भन्दै त्यसलाई पूर्ति गर्नका निम्ति राज्यस्तरबाट पहल गरिनुपर्ने बताए । गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारीले गन्तव्य नेपालले विगत डेढ दशकदेखि पर्यटन क्षेत्रको प्रवद्र्धन र विकासका लागि भूमिका निर्वाह गरिरहेको उल्लेख गर्दै पर्यटन विकासका लागि केन्द्रीय स्तरबाट निश्चित लक्ष्य बनाएर अघि बढ्नुपर्ने बताए । सोही समारोहबीच पर्यटन व्यवसायी लोक प्रसाद दाहाल, अनिल लामा, चिरञ्जिवी भट्ट, राजेन्द्र अधिकारी, गिता गुरुङ, अन्नेली सोफिया राइकर तथा समाजसेवी रामहरी अधिकारी, राजन थापा र मोतिराम ढकाललाई पनि सम्मानित गरिएको थियो ।

त्यस्तै उत्कृष्ठ पर्यटन पत्रकारिता पुरस्कारबाट नेपाल टेलिभिजनका राजु सिलवाल, न्युज २४ टेलिभिजनका संगम बानियाँ, शिखरपोष्ट मिडियाका प्रकाश खालिङ, पोइन्ट मिडियाका नविन काफ्ले र फोटोपत्रकार जनार्दन अर्याललाई पनि सम्मानित गरियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?