घट्यो ग्याँसको मूल्य, अन्यको घट्यो कि बढ्यो ?
सारांश
- काठमाडौं ।
- नेपाल आयल निगमले एलपी ग्याँसको मूल्य घटाएको छ ।
- एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँका दरले घटाइएको हो।
काठमाडौं । नेपाल आयल निगमले एलपी ग्याँसको मूल्य घटाएको छ । एलपी ग्यासमा प्रतिसिलिण्डर १० रुपैयाँका दरले घटाइएको हो।
एलपी ग्याँसको प्रतिसिलिण्डर मूल्य १८०० रुपैयाँबाट घटेर १७९० रुपैयाँ कायम गरिएको छ । साथै पेट्रोलियम पदार्थको मूल्य पनि घटाएको छ ।
आज राती १२ बजेदेखि लागू हुने गरेर निगमले स्वचालित मूल्य प्रणाली कार्यविधि, २०७९ लागू गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले अबदेखि पेट्रोलको परल मूल्यमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत नाफा लिने व्यवस्था गरेको छ । यससँगै, आज राती १२ बजेदेखि लागू हुने गरेर डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ र पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको निगमले जनाएको छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया