प्रचण्डका नातिनीहरुको रुची यस्तो छ
सारांश
- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नातिनीहरु एकैपटक मिडियामा आएका छन् ।
- शनिबारको रमाईलो गफगाफ प्राईम स्पेशलमा पत्रकार ऋषि धमलासँग उनीहरुले रोचक कुराकानी गरेका हुन् ।
- गायन क्षेत्रमा निकै चर्चा कमाईसकेकी स्मीता दाहालले हजुरबुवा प्रचण्ड भावुक स्वभावको भएको सुनाईन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नातिनीहरु एकैपटक मिडियामा आएका छन् । शनिबारको रमाईलो गफगाफ प्राईम स्पेशलमा पत्रकार ऋषि धमलासँग उनीहरुले रोचक कुराकानी गरेका हुन् ।
गायन क्षेत्रमा निकै चर्चा कमाईसकेकी स्मीता दाहालले हजुरबुवा प्रचण्ड भावुक स्वभावको भएको सुनाईन् । आफूलार्ई गीत संगीतमा लाग्न हजुरबुवाले समेत प्रेरणा दिएको सुनाईन् । स्मीता सानैदेखि गायनका लागेकी थिइन् ।

भरतपुर महानगरकी मेयर रेणु दाहालकी छोरी प्रतिमा दाहालको पनि रुचि गीत तथा संगितमा नै रहेको सुनाईन् । रुची भए पनि उनले आफूलाई गीत गाउन भने नआउने बताइन् । उनले आफूलाई नृत्य गर्न भने विशेष रुचि र रमाईलो लाग्ने सुनाईन् ।
प्रचण्डका भतिजा समिर दाहालकी छोरीको पनि गीत तथा संगीतमा रुचि रहेको छ । तर, उनले पनि आफूमा रुची भएपनि गाउने क्षमता भने नभएको स्विकार गरिन् ।

प्रतिक्रिया