दधिराज सुवेदी साहित्य पुरस्कार प्रा डा सुवेदीलाई

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक ६, २०७४
|
|
१८ पटक हेरिएको
Shares
दधिराज सुवेदी साहित्य पुरस्कार प्रा डा सुवेदीलाई

सारांश

  • काठमाडौँ ।
  • दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गर्ने भएको छ ।
  • प्रतिष्ठानको आज बसेको बैठकले लामो समयदेखि नेपाली भाषा, साहित्य सिर्जनामा देश र विदेशमा समेत विशेष योगदान पुर्याएका प्रा डा सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

काठमाडौँ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले यस वर्षको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार’ साहित्यकार प्रा डा अभि सुवेदीलाई प्रदान गर्ने भएको छ ।

प्रतिष्ठानको आज बसेको बैठकले लामो समयदेखि नेपाली भाषा, साहित्य सिर्जनामा देश र विदेशमा समेत विशेष योगदान पुर्याएका प्रा डा सुवेदीलाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।

प्रा डा सुवेदीका नेपाली लिट्रेचरः ब्याकग्राउण्ड एन्ड हिस्ट्री, विश्व साहित्यको ऐतिहासिक रूपरेखा, पाश्चात्य काव्य सिद्धान्त, अग्निकथा, निबन्ध र टँुडिखेल, जापानी हाइकु : हिजो र आजलगायत नाटक, निबन्ध, कविता समालोचना तथा अनुवाद विधाका दुई दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

यसैगरी दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार शिवबहादुर कार्कीलाई दिने निर्णय गरेको छ । उक्त पुरस्कारको राशि रु २५ हजार रहेको छ । पत्रकार कार्की विराटनगरबाट प्रकाशित हुने दर्शन दैनिकका प्रधान सम्पादक हुन् । उनले पाँच दशकभन्दा बढी पत्रकारिताका क्षेत्रमा सेवा गरेका छन्। हरेक वर्ष प्रदान गरिने उक्त पुरस्कार गत वर्ष साहित्यकार प्रा डा गोविन्दराज भट्टराई र पत्रकार हरिबहादुर थापालाई प्रदान गरिएको थियो ।

पचास वर्षदेखि नेपाली भाषा, साहित्य र कला संस्कृतिको संरक्षण, स्रष्टाको सम्मानमा लाग्नुभएका सुवेदीको नाममा छोरा शरदराज सुवेदी र रुपकराज सुवेदीले बुबाको नाममा रु १५ लाखको कोष स्थापना गरी उक्त कोषको व्याजबाट प्रत्येक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु
हेपाटाइटिस ‘बी’ को संक्रमणबाट दुईको मृत्यु
रोशन यादवको छाती र वायाँ हातमा धारिलो छुरा प्रहार, गम्भिर घाइते
रोशन यादवको छाती र वायाँ हातमा धारिलो छुरा प्रहार, गम्भिर घाइते
नेपाललाई पाँचौं सफलता बिनोदले लिए विकेट, युएईको एक सय ६३ रन
नेपाललाई पाँचौं सफलता बिनोदले लिए विकेट, युएईको एक सय ६३ रन
माल्दिभ्समा भारत असफल, दुई उपहार अस्वीकार
माल्दिभ्समा भारत असफल, दुई उपहार अस्वीकार
पूर्व मिस नेपाल श्रृंखलालाई किन साथ लगे ओलीले
पूर्व मिस नेपाल श्रृंखलालाई किन साथ लगे ओलीले
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा
कर्मचारी र जनप्रतिनिधिका छोराछोरी सरकारी विद्यालयमा
६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा
६ महिनाभित्र बागमती प्रदेशका १ लाख २८ हजार सवारी साधन कारबाहीमा
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
राष्ट्रसङ्घको ७४औँ महासभा आजदेखि, स्वास्थ्य सरोकार र जलवायु परिवर्तन मूल मुद्दा
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
नाष्टमा ग्राउण्ड स्टेशन निर्माण सम्पन्न
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने
तिवारी हत्याकाण्डका अभियुक्त शुक्रवार नै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने

तपाईंले छुटाउनुभयो कि?