प्रचण्डले किन भेटे निवासमै पुगेर पासाङ शेर्पालाई ?
सारांश
- काठमाडौं, १७ पुस ।
- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सोही पार्टीका नेता पासाङ शेर्पाको निवासमा पुगेर भेट गरेका छन् ।
- अघिल्लो साता मुटुको शल्यक्रिया गरेर घरमै आराम गरिरहेका माओवादी केन्द्रका नेता पासाङ शेर्पालाई अध्यक्ष प्रचण्डले भेट गरेका हुन् ।
काठमाडौं, १७ पुस । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले सोही पार्टीका नेता पासाङ शेर्पाको निवासमा पुगेर भेट गरेका छन् ।
अघिल्लो साता मुटुको शल्यक्रिया गरेर घरमै आराम गरिरहेका माओवादी केन्द्रका नेता पासाङ शेर्पालाई अध्यक्ष प्रचण्डले भेट गरेका हुन् ।
सोमबार बिहान नेता शेर्पाको निवास काठमाडौं– ६, भङ्गालमा पुगी अध्यक्ष प्रचण्डले भेट गरेका थिए । भेटमा अध्यक्ष प्रचण्डले नेता शेर्पाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
पुस ७ गते टिचिङ अस्पतालमा मुटुको शल्यक्रिया गरेका शेर्पा घरमै आराम गरिरहेका छन् । शेर्पासँगको भेटमा माओवादी केन्द्रका नेता मात्रिका यादवसमेत थिए ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Mahendra Raj Malla
भेंडाहरु लाई आफ्नो बश मा राख्नलाइ।