१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण ६, २०७५
|
|
२९ पटक हेरिएको
Shares
१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा क्रिकेट र प्याराग्लाइडिङ पनि, यी हुन् सागमा समावेश खेलहरू

सारांश

  • काठमाडौं, ६ साउन ।
  • १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा २७ खेल समावेश हुने भएका छन् ।
  • आयोजक नेपालले सन् २०१९ को मार्चमा हुने १३ औँ सागमा थप दुई खेल समावेश गरेको हो ।

काठमाडौं, ६ साउन । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागमा २७ खेल समावेश हुने भएका छन् । आयोजक नेपालले सन् २०१९ को मार्चमा हुने १३ औँ सागमा थप दुई खेल समावेश गरेको हो । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको शनिबार काठमाडौंमा बसेको बैठकमा १३ औँ सागमा क्रिकेट र प्याराग्लाइडिङ खेल समावेश गरेको निर्णय भएको हो । यसअघि २५ खेल मात्र समावेश थिए । आयोजक राष्ट्रले दुई खेल थप्न पाउने नियमअनुसारै यसअघि गल्फ र कराते समावेश गरेको थियो । साग खेल सन् २०१९ को ९–१८ मार्चसम्म हुनेछ ।

नेपालकै अनुरोधमा थप खेल

यद्यपि आयोजक राष्ट्रका रूपमा नेपालले दुई खेलअगाडि नै समावेश गरिसकेको थियो । काउन्सिलको चौथो बैठकमा आयोजक नेपालले पुनः दुई खेल थप गर्न प्रस्ताव राखेको थियो ।बैठकमा सहभागी पदाधिकारीले नेपालको प्रस्ताव सहजै स्विकारेका थिए । १३औँ सागमा क्रिकेट र प्याराग्लाइडिङ खेल राखेको नेपाल ओलम्पिक कमिटी (एनओसी) र काउन्सिलका अध्यक्षसमेत रहेका जीवनराम श्रेष्ठले जानकारी दिएका छन् । क्रिकेट केवल यू–२३ राष्ट्रिय टोलीबीच मात्र प्रतिस्पर्धा हुनेछ ।

पूर्वाधार निर्माण बाँकी

यद्यपि साग नजिकिँदा भौतिक पूर्वाधारका कामहरू पूरा भएका छैनन् । अहिलेसम्म राष्ट्रिय खेलकुद परिषद्ले साग काठमाडौं र पोखरामा हुने बताउँदै आएको छ । तर, कुन खेल कहाँ गराइने भन्ने स्पष्ट भइसकेको छैन । एनओसीका अध्यक्ष श्रेष्ठले भौतिक पूर्वाधार निर्माण कार्य तीव्रगतिमा अगाडि बढिरहेको दाबी गरेका छन् । साग खेलकुद आयोजना सफलतापूर्वक गर्ने सन्दर्भमा खेलकुद मन्त्रालयमा बृहत् छलफल भएको श्रेष्ठले बताए । सरकारको पनि साथ रहेकाले १३औँ साग तोकिएको समयमै हुने उनको भनाइ छ ।

‘हामीलाई सरकारको पनि साथ छ, साग खेलकुद प्रतियोगिता निर्धारित समयमै गछौँ,’ आयोजित पत्रकार सम्मेलनमा श्रेष्ठले भने । दशरथ रंगशाला, सात दोबाटोको पौडी पोखरी, पोखरा रंगशालालगायत विभिन्न स्थानमा भौतिक पूर्वाधार निर्माण कार्य भइरहेका छन् ।

सागमा समावेश खेल

आर्चरी, एथलेटिक्स, ब्याडमिन्टन, बास्केटबल, बक्सिङ, साइक्लिङ, फिल्ड हक्की, फुटबल, ह्यान्डबल, जुडो, कबड्डी, खोखो, सुटिङ, स्वाक्स, स्विमिङ, टेबलटेनिस, तेक्वान्दो, लन टेनिस, ट्रायथोलन, भलिबल, भारोत्तोलन, कुस्ती, उसु, कराते, गल्फ, क्रिकेट, प्याराग्लाइडिङ, फेन्सिङ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?