प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १४, २०७७
|
|
१९ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्यको माधव नेपालप्रति आक्रोश

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति आक्रोश पोखेकी छिन् ।
  • उनले नेपाललाई प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति असंवेदनशील तरिकाले प्रस्तुत भएको भन्दै आक्रोश पोखेकी हुन् ।
  • स्वास्थ्यको विषयलाई लिएर महाधिवेशनको बेलामा माधव नेपाल आक्रामक तरिकाले उत्रिएको भन्दै शाक्यले असन्तुष्टि पोखेकी छिन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालप्रति आक्रोश पोखेकी छिन् । उनले नेपाललाई प्रधानमन्त्री ओलीको स्वास्थ्यप्रति असंवेदनशील तरिकाले प्रस्तुत भएको भन्दै आक्रोश पोखेकी हुन् । स्वास्थ्यको विषयलाई लिएर महाधिवेशनको बेलामा माधव नेपाल आक्रामक तरिकाले उत्रिएको भन्दै शाक्यले असन्तुष्टि पोखेकी छिन् ।

हालै प्रकाशित पुस्तक ‘मेरा अनुभूति’ मार्फत् राधिकाले माधव नेपालको स्वभावबारे समेत टिप्पणी गरेकी छिन् । उनले माधव नेपाललाई चाकरी गर्नेलाई अवसर दिलाउने र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने शैलीको भएको टिप्पणी गरेकी हुन् ।

माधव नेपाल निकट नेता जगन्नाथ खटिवडाले टेलिभिजन अन्तवार्तामै केपी ओली मर्न मात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा नेतृत्व दिन नहुने बोलेको भन्दै पुस्तकमा आलोचना गरेकी छिन् । उनले लेखेकी छिन्, ‘नेपाल टेलिभिजनको आजको एउटा अन्तरवार्तामा एमालेका नेता जगन्नाथ खतिवडाको कुरा सुनेँ । उनले केपी ओली मर्न मात्र बाँकी भएको, तुरुन्तै मरिहाल्ने, महाधिवेशनमा यस्तालाई नेतृत्व दिनु हुँदैन आदि आदि कुरा गरेर पार्टीका कार्यकर्तालाई माधव नेपालतिर आउन भनेका रहेछन् । केपीजीको स्वास्थ्यलाई लिएर भइरहेको राजनीति देख्दा मलाई साह्रै दुःख लाग्यो । ‘राधिका शाक्यले माधव नेपालबारे लेखेकी छिन्,’माधव नेपाल, जसको सधैँभरि पार्टीको उपल्लो स्थानमा रहेर आफ्ना आसेपासेलाई सधैँ अवसर दिने र अलिकति मात्र असहमति जनाउनेलाई जिन्दगीभर उठ्न नदिने प्रवृत्ति थियो । आफूलाई प्रधानमन्त्री बन्न, टिकाउन र महासचिव बनाउन ठूलो सहयोग गर्ने साथीप्रतिको उहाँको व्यवहार हेर्दा र भनाइहरू सुन्दा मात्र पनि दिक्क लाग्छ । उहाँकै एकल महासचिवको पार्टी ब्युरोक्रेसीले चाकरी गर्नेलाई अवसर दिलाउन र फरक मत राख्नेलाई बोल्न समेत प्रतिबन्ध लगाउने गथ्र्यो । यसरी तेस्रो कार्यकालसम्म पार्टीको नेतृत्व गर्नुभएका उहाँ एक पटक पनि पार्टीको नेतृत्व नगर्नुभएका केपीजीमाथि महाधिवेशनको मुखमा स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि आक्रमणमा उत्रनुभयो ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?