प्रचण्डले गरे नारायणकाजीको बचाऊ

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २८, २०७७
|
|
३३ पटक हेरिएको
Shares
प्रचण्डले गरे नारायणकाजीको बचाऊ

सारांश

  • नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आधा घन्टा पनि नबसी सम्पन्न भयो ।
  • आजको बैठक छोटो भएपनि रोचक नै रह्यो ।
  • धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा राखियो जहाँ प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भए ।

नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठक आधा घन्टा पनि नबसी सम्पन्न भयो । आजको बैठक छोटो भएपनि रोचक नै रह्यो । धुम्बाराहीमा बस्ने तय भएको बैठक बालुवाटारमा राखियो जहाँ प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भए ।

यसअघि शर्त राखेर बैठकमा उपस्थित नहुने अडान लिएका ओली ब्याक भए । तर, बैठकले राजनीतिक प्रतिवेदनमाथि कुनै छलफल गरेन । बैठक कमानसिंह लामाको शोक प्रस्ताव पारित गरेर सम्पन्न भयो । अर्को बैठक १ पुसको दिनको १ बजे राख्ने तय भयो ।

बैठकमा कमानसिंह लामाको शोक प्रस्ताव पारित गर्नुअघि उनीसँग जोडिएको लेनदेन प्रकरणबारे प्रचण्डले बोलेका थिए । उनले कमानसिंहको निधनपछि उनीसँग प्रवक्ता नारायणकाजी श्रेष्ठलाई जोडेर आक्रमणहरु भएको बताए । श्रेष्ठको बचाऊ गर्दै शोकको घडीमा हाइड्रोपावर आयोजनासँग सम्बन्धित विवाद मिलाउन सहयोग गर्दा उल्दै कुप्रचार भएको समेत बताएका थिए । प्रचण्डले घुमाउरो पाराले गलत प्रचारमा आफ्नै पार्टी निकटहरु लागेको गुनासो समेत गरेका थिए ।

कमानसिंहसँग लेनदेन विवाद खुलेपछि इश्वर पोखरेलको नारायणकाजीमाथि कटाक्ष

नारायणकाजीसँग कमानसिंहको लेनदेन विवादको खुलासा (अडियो भिडियो)

कमानसिंहले पत्नीलाई किन लेखेः म मरे मेरो काजक्रियामा सामेल नहुनु !!!(पत्रसहित)

कमानसिंह लामाले निधन हुनुभन्दा अघि फेसबुकमार्फत् स्टाटस राखेपछि विवादहरु बाहिर आएको थियो । नेकपा प्रवक्ता श्रेष्ठको चरित्रमाथि नै आँच पुग्ने प्रकारका विषयहरु सामाजिक सञ्जालमा राखिएका थिए । नेकपा नेताहरुले नै उनको नाम उल्लेख नगरी आलोचना गरेका थिए । कमानसिंह लामाकी पत्नी इन्द्रमाया तामाङले पनि प्रेस विज्ञप्तिमार्फत् गलत प्रचार गरिएको बताएकी थिइन् ।

नारायणकाजीप्रति संकेत गर्दै बाबुरामले लेखेः कमानसिंह लामाले आफ्नै नेताबारे लेखेको कुरा निकै गम्भीर

कमानसिंहकी पत्नी इन्द्रमायाले ‘पतिबाट कुटपिट’ को खुलासा गर्दै भनिन् ‘नारायणकाजी श्रेष्ठ राजनीतिक अभिभावक’।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
भरतपुर महानगरका निर्वाचित प्रतिनिधिले पनि काम गर्न पाएनन्
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक
पुरानो साइकल र मागेको पोशकले जित्यो स्वर्णपदक
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने
नेपाल चेम्बर अफ कमर्शले नेपाल उद्योग वाणिज्य महासङ्घको संस्थागत सदस्यता त्याग्ने
संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन
संसदीय समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न गृहमन्त्री लेखकको निर्देशन
बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?
बुद्ध नेपालमा जन्मेका थिए भन्दैमा पुग्छ ?
नेदरल्याण्ड विश्वकपको फाईनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग भिड्ने
नेदरल्याण्ड विश्वकपको फाईनलमा, उपाधिका लागि साविक विजेता अमेरिकासँग भिड्ने
माग बोकेर झापाली प्रधानमन्त्री ओलीसँगै पुगे
माग बोकेर झापाली प्रधानमन्त्री ओलीसँगै पुगे
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
भारतीय महिलाले बनाइन् परीक्षण कीट, कोरोनाभाइरसविरुद्धको लडाईँमा नयाँ आशा
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
दुलहीलाई दुलहाका साथीले तानेर नचाउन खोजेपछि विवाह नै रद्द
Increasing flow of tourists at Rara
Increasing flow of tourists at Rara

तपाईंले छुटाउनुभयो कि?