कमरेड मलाई माफ गर !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १, २०७४
|
|
४४ पटक हेरिएको
Shares
कमरेड मलाई माफ गर !

सारांश

  • कमरेड मलाई माफ गर, म जनयुद्व दिवस मनाउन सक्दिन सयौं योद्धाहरु कहाँ हराए पत्तो छैन, सँगैका सहयात्री कति टुक्रा भए गनी साध्य छैन तिम्रै रगतले लतपतिएको गणतन्त्र अनि यो परिवर्तन सोच्छु निकै प्रिय लाग्छ, वाह भन्न मन लाग्छ तर कमरेड, सयौं बालकृष्णहरु गणतन्त्रकै लागि लडेबाफत अपराधी बनेर नख्खु कारागारमा बस्छन् भने हिजो मर्न र मार्न आदेश दिने नायकहरु पजेरो र सरकारी सुविधामा रम्दै गर्दा बेपत्ता दाजु सम्झेर मेरी आमा पलपल भक्कानिँदै मलाई सोध्छिन्, बाबु तिम्रो दाजु कहिले आउँछ ?
  • म निशब्द छु कमरेड, हिजोका सर्वहारा नेता आज सर्पहारा भए नपत्याए हेर, हिजो ढिँडो र खोले खाँदै क्रान्तिको नेतृत्व गर्नेहरु आज कहाँ छन् ?
  • जनताको घर नै हाम्रो घर, हाम्रो सम्पती नै पार्टीको सम्पति भन्नेहरु आज, कोही सानेपा, कोही लैनचौर अनी कोही ठमेलमा घर किनिरहेको देख्छु हिजो अनुशासन र संस्कृती क्रान्तिको रटान गर्नेहरु साँझ नपर्दै वेश्यालय, डिस्को र दोहोरीमा भेटिन्छन् हिजो म सँगै लडेको राधे गाउँमा पजेरो लिएर जान्छ भोजभतेर गर्छ, पैसा बाँड्छ अनि गुट बनाउँदै नेता हुन्छ अनी फेरि मेरी आमा सोध्छिन् बाबु तिम्रो यस्तो दिन कहिले आउँछ ?

कमरेड मलाई माफ गर,
म जनयुद्व दिवस मनाउन सक्दिन
सयौं योद्धाहरु कहाँ हराए पत्तो छैन,
सँगैका सहयात्री कति टुक्रा भए गनी साध्य छैन
तिम्रै रगतले लतपतिएको गणतन्त्र अनि यो परिवर्तन
सोच्छु निकै प्रिय लाग्छ, वाह भन्न मन लाग्छ

तर कमरेड,
सयौं बालकृष्णहरु गणतन्त्रकै लागि लडेबाफत
अपराधी बनेर नख्खु कारागारमा बस्छन् भने
हिजो मर्न र मार्न आदेश दिने नायकहरु
पजेरो र सरकारी सुविधामा रम्दै गर्दा
बेपत्ता दाजु सम्झेर मेरी आमा पलपल भक्कानिँदै
मलाई सोध्छिन्, बाबु तिम्रो दाजु कहिले आउँछ ?
म निशब्द छु

कमरेड,
हिजोका सर्वहारा नेता आज सर्पहारा भए
नपत्याए हेर, हिजो ढिँडो र खोले खाँदै क्रान्तिको नेतृत्व गर्नेहरु
आज कहाँ छन् ?
जनताको घर नै हाम्रो घर, हाम्रो सम्पती नै पार्टीको सम्पति भन्नेहरु
आज, कोही सानेपा, कोही लैनचौर अनी कोही ठमेलमा घर किनिरहेको देख्छु
हिजो अनुशासन र संस्कृती क्रान्तिको रटान गर्नेहरु
साँझ नपर्दै वेश्यालय, डिस्को र दोहोरीमा भेटिन्छन्
हिजो म सँगै लडेको राधे गाउँमा पजेरो लिएर जान्छ
भोजभतेर गर्छ, पैसा बाँड्छ अनि गुट बनाउँदै नेता हुन्छ
अनी फेरि मेरी आमा सोध्छिन्

बाबु तिम्रो यस्तो दिन कहिले आउँछ ?
म आमालाई कसरी भनु, आमा हाम्रै दाजुको रगत बेचेर
हाम्रै स्वाभिमान लिलामी गरेर, गाउँका सारा सपना बेचेर
उनीहरु नेता हैनन्, ठेकेदार भए भनेर

त्यसैले कमरेड
जनयुद्ध अब जनयुद्ध रहेन
धनयुद्ध भैसक्यो ?
हिजोको क्रान्ति, अनि सपना एकादेशको कथाजस्तै
सुन्नेलाई प्रिय लाग्ने तर भोग्नेलाई ?

कसरी भनु कमरेड,
जनमुक्ती सेनाका अयोग्य भनेर निकालिएका योद्धाहरु
आज अरबका खाडीमा छन्
उनीले देखेको क्रान्ति त्यो थिएन, चाहेको त्यो परिवर्तन थिएन
शरीरमा छर्रा भएकाहरुको हिसाब कसले गर्ने ?
कमरेड, हिजोआज सबै परिर्वतन भइसक्यो
जनयुद्ध धनयुद्ध भयो

युद्धको ब्याज खाएर कोही व्वासा भए, कोही सुँगुर भए
तिमी आफैँ भन उनीहरुले जनयुद्ध जिन्दावाद भनेर
जनयुद्ध दिवस मनाउँदै गर्दा
म मेरी आमा, भाउजु र बहिनीले के भनेर सम्झाउ
त्यसैले कमरेड, मलाई माफ गर
म जनयुद्ध दिवस मनाउन सक्दिन ।

केशवराज जोशी

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Pritha Bahadur Gaha

    All the besta

    Comment Author

    Bhakta Baraili

    सत्य तितो हुन्छ वास्ताबिक यहि हो।

    Comment Author

    Prabhat Kiran

    सहिदका परिवारले अनि बेपत्ता भएका परिवारले के अाज जन युद्ध दिबस हासेर नाचेर मनाउछन् त?

    Comment Author

    Chhabi Lal Pradhan

    Ramro kura ho neta haru le bujhdeinan

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
मानव जीवन बचाउन उत्तम विकल्प ‘लकडाउन’ र सामाजिक दूरी होस् :राष्ट्रपति भण्डारी
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
बुटवलमा पत्रकार धमला सम्मानित, नेपाली पत्रकारिताको नायकको संज्ञा
गाउँपालिका र नगरपालिकामा ४५९० कर्मचारी आवश्यक
गाउँपालिका र नगरपालिकामा ४५९० कर्मचारी आवश्यक
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
सरकार गठनको गृहकार्यमा ओली र प्रचण्ड, प्रचण्डलाई राष्ट्रपति बनाएर थन्क्याउनेसम्मका प्रयास एमालेभित्र चल्दै
प्रधानमन्त्री ओली गृहमन्त्रालयमा !
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
ठूला पार्टीहरुले एमालेको लोकप्रियतालाई कमजोर बनाएर हराए : गुरुङ
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
भीम रावल फेरिएको देख्दा सबै अचम्मित, किन ओलीको प्रशंसा मात्रै गर्न थाले ?
Play Free Slot Machines For Actual Money
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
सेवा अवरुद्ध गर्ने समितिका पदाधिकारीलाई पक्राउ गर्न गृहमन्त्रीको निर्देशन
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)
तपाेबनकाे ‘प्रसाद’मा अानन्द अरूणकाे सुक्रकिट र जुठाे भात !(भिडियाे सहित)