महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल

Shikharkhabar Shikharkhabar
|
सोमबार, आश्विन १, २०७५
|
|
३७ पटक हेरिएको
Shares
महिला हिंसा न्युनिकरणका लागि विशेष कार्यक्रम ल्याउँदैछौं : गृहमन्त्री बादल

सारांश

  • काठमाडौँ, १ असोज ।
  • गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटना न्युनिकरणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् ।
  • राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्रीले महिला हिंसा र बलात्कारका घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए ।

काठमाडौँ, १ असोज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले महिला हिंसा र बलात्कारका घटना न्युनिकरणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिएका छन् ।

राष्ट्रिय मानवअिधकार आयोगमा आयोगका अध्यक्ष अनुपराज शर्मासहितका पदाधिकारीहरुसँगको छलफलमा गृहमन्त्रीले महिला हिंसा र बलात्कारका घटनालाई सरकारले गम्भीर रुपमा लिएको बताए ।

गृहमन्त्री थापाले भने, ‘मदिरा, लागुपदार्थ र इन्टरनेटको गलत प्रयोगका कारण महिला हिंसा र बलात्कारको घटना बढेका छन् । तिनको प्रयोगमा मन्त्रालयले कडाई सुरु गरेको छ ।”

गृहमन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या र बलात्कारको घटनाबाट आफू दुखित भएको भन्दै सो घटनाका दोषीलाई कारवाहीको दायरामा ल्याई छाड्ने प्रतिवद्धता व्यक्त गरे । गृहमन्त्री थापाले भने, “घटना लगत्तै स्थानीय प्रहरीलाई सो घटनाको गम्भीररुपमा अनुसन्धान गर्न भनिएको हो । केही दिनमै केन्द्रबाट सिआईबीको टोली पनि पठाइएको हो । पछि केन्द्रबाट उच्चस्तरीय छानविन समिति गठन गरियो । अनुसन्धानमा प्रहरीको समेत लापरवाही रहेको गुनासोका आधारमा ६ जना प्रहरीलाई निलम्बित गरिएको छ । थप अनुसन्धान टोली पनि परिचालन भएको छ । केही दिनमै परिणाम आउँछ ।”

आफूले गृह मन्त्रालय सम्हालेपछि विगतमा रहेको चन्दा आतंक, विष्फोट, गुण्डागर्दी, तस्करी नियन्त्रणमा आएको बताउँदै गृहमन्त्रीले यस्तो कार्यमा आयोगले समेत साथ दिनुपर्ने बताए ।

जनताको जिउधनको रक्षा, मानवअधिकारको संरक्षण गर्ने दायित्व गृह मन्त्रालयको रहेको र मानअधिकार आयोगको पनि सोही दायित्व रहेकोले दुबै निकायले सहकार्य गरेर अघि बढ्नुपर्ने प्रस्ताव गृहमन्त्री थापाले छलफलमा राखे ।

छलफलमा आयोगका अध्यक्ष शर्माले कञ्चनपुर घटनाको छानविनको अवस्थाबारे जिज्ञासा राख्दै सो घटनामा प्रहरीको भूमिका फितलो देखिएको गुनासो गरेका थिए । जनताको जिउधनको सुरक्षामा गृह मन्त्रालय गम्भीर बन्नुपर्ने अध्यक्ष शर्माको भनाई थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?