प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र २८, २०७५
|
|
४७ पटक हेरिएको
Shares
प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको सरकारको प्रष्टोक्ति

सारांश

  • काठमाडौं।
  • सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ।
  • संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको प्रष्टयाएका हुन्।

काठमाडौं। सरकारले बालुवाटारस्थित प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको स्पष्टिकरण दिएको छ। संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री निवासको जग्गा किनबेच नभएको प्रष्टयाएका हुन्।

प्रधानमन्त्री निवासको जग्गा नेकपाका महासचिव विष्णु पौडेललगायतले किनेको भन्ने समाचार बाहिर आएपछि सरकारका प्रवक्ता समेत रहनु भएका उनले सो जग्गा किनबेच नभएको स्पष्ट पारेका हुन्।

बिहीबार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बास्कोटाले शारदाप्रसाद त्रिताल नेतृत्वको छानवीन समितिले दिएको सुझावको आधारमा प्रधानमन्त्री निवास नजिकैको ललिता निवासको जग्गाको विक्रीवितरणमा पनि रोक लगाइएको बताए।

मन्त्री बास्कोटाले सरकार कुनै पनि सार्वजनिक वा सरकारी जग्गाको संरक्षण गर्न प्रतिवद्ध रहेको पनि बताए। उनले नेकपाका महासचिव पौडेलले सो जग्गा किनबेचमा फर्जी नगरेको बरु आफै ठगिएको टिप्पणी गरे।

फरक प्रसंगमा मन्त्री बास्कोटाले सरकारी चिकित्सकहरुलाई आन्दोलन छाडेर आफ्नो काममा फर्कन सचेत गराए।  उनले सरकारी चिकित्सकहरुको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि दोहोर्याए।  मन्त्री बास्कोटाले जनतालाई सेवा दिने कुरामा बेवास्ता गरिरहे सरकारी चिकित्सकहरुलाई कडा कार्वाही गर्ने चेतावनी  दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा एकै परिवारका पाँच जनाको निधन
फोरमका कार्यकर्ता कहाँ राख्ने भन्ने कांग्रेसलाई गाह्रो
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक
इन्स्टाग्राम, ह्वाट्सएप र म्यासेन्जरको म्यासेज सेवालाई एउटै बनाउँदै फेसबुक
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
उपसभापतिमा निधीकाे पासा पल्टिने सम्भावना, यि हुन् कांग्रेसमा पदाधिकारी बन्ने भाग्यमानीहरु
सुनाकली मार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव !
सुनाकली मार्फत अन्तर्राष्ट्रिय प्रतियोगितामा किशोरीले बढाए गौरव !
परराष्ट्र मन्त्री साउदद्वारा सपथ ग्रहण
परराष्ट्र मन्त्री साउदद्वारा सपथ ग्रहण
दाहालको निधन प्रति राष्ट्रपतिबाट समवेदना प्रकट  ।
दाहालको निधन प्रति राष्ट्रपतिबाट समवेदना प्रकट ।
सूचनामा अंकुशै अंकुश लगाउँदै सरकार
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै
चार लाख ६७ हजारले कक्षा १२ को परीक्षा दिँदै