प्रचण्डले विप्लवका कार्यकर्तालाइ भने’जनयुद्धको नक्कल सम्भव छैन’
सारांश
- काठमाडौं, १६ वैशाख ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको नक्कल सम्भव नरहेको बताएका छन् ।
- शनिवार अपरान्ह खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लव समुहका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
काठमाडौं, १६ वैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनयुद्धको नक्कल सम्भव नरहेको बताएका छन् ।
शनिवार अपरान्ह खुमलटारमा सिन्धुपाल्चोक जिल्लाबाट पार्टी प्रवेश गर्ने विप्लव समुहका नेता तथा कार्यकर्ताहरुलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विप्लव तर्फ संकेत गर्दै भने,‘ हाम्रै जनयुद्धको नक्कल गर्छु भनेर कसैले गरे त्यो सम्भव हुन सक्दैन । २०÷२५ वर्षको सन्दर्भ र अहिलेको सन्दर्भ फरक छ ।’ अध्यक्ष प्रचण्डले पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सही निर्णय गरेको बताउँदै माओवादी क्रान्तिकारी आन्दोलनलाई नयाँ शिराबाट माथि उठाउने वातावरण तयार बन्दै गएको जानकारी दिए ।
उक्त कार्यक्रममा विप्लव समुहका सिन्धुपाल्चोक जिल्लाका इन्चार्ज र सेक्रेटरीसहित दुई दर्जनभन्दा बढि नेता तथा कार्यकर्ता नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका थिए ।
उनीहरुले विप्लव नेतृत्वको नेकपाले जनहित र राष्ट्रहितमा काम गर्नुको साटो पूर्वाग्रही मानसिकताका साथ ध्वंश तर्फमात्र अगाडि बढेन कतिपय सामाजिक अपराधिक क्रियाकलापजन्य घटनाहरुलाई समेत क्रान्तिकारी कामको जामा पहिर्याएर अगाडि बढ्ने बाटो समातेको बताए ।
हेर्नुस् विज्ञप्तिको पूर्ण पाठ तथा पार्टी प्रवेश गर्नेहरुको नामावलीः

प्रतिक्रिया