प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २१, २०८०
|
|
५१ पटक हेरिएको
Shares
प्रदेश प्रमुखलाई एमालेको ध्यानाकर्षण पत्र

सारांश

  • विराटनगर ।
  • नेकपा (एमाले)ले कोशी प्रदेश सरकार गठनमा आवश्यक बहुमत पु¥याउने प्रयोजनका निम्ति सभामुखको मत गणना गर्न नहुने भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ ।
  • एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख खापुङलाई भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

विराटनगर । नेकपा (एमाले)ले कोशी प्रदेश सरकार गठनमा आवश्यक बहुमत पु¥याउने प्रयोजनका निम्ति सभामुखको मत गणना गर्न नहुने भन्दै प्रदेश प्रमुख पर्शुराम खापुङको ध्यानाकर्षण गराएको छ ।

एमाले संसदीय दलका नेता एवं मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश प्रमुख खापुङलाई भेटी ध्यानाकर्षण पत्र बुझाएका हुन् । सरकार गठनका लागि सभामुखलाई समेत गणना गरी बहुमत सावित गर्ने सम्भावना रहेको भन्दै यस विषयमा एमालेको गम्भीर ध्यानाकृष्ट भएको पत्रमा उल्लेख छ ।

सभाको अध्यक्षता गर्ने व्यक्त्तिलाई मत दिने अधिकार नहुने भन्दै मत बराबर भएमा मात्रै अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिने प्रचलनअनुसार नै गर्न सो पत्रमा प्रदेश प्रमुखको ध्यानाकर्षण गराइएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?