छाेरालाइ परिक्षा दिन गेटमा पुराएर सधैका लागि बिदा भए

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २९, २०७५
|
|
४३ पटक हेरिएको
Shares
छाेरालाइ परिक्षा दिन गेटमा पुराएर सधैका लागि बिदा भए

सारांश

  • गुल्मी, २९ साउन ।
  •   गुल्मीमा मंगलवार विहान अहिले चलिरहेको एसईई पुरक परिक्षा केन्द्रको गेट भित्र छोरालाई पुराएर बाईबाईको हात हल्लाएका बाबु उति खेरै ढलेर सधैका लागि बिदा भएका छन।
  • सदरमुकाम तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयको परिक्षा केन्द्रमा छोरा कृष्पन श्रेष्ठलाई पुराएर फर्किने क्रममा उति खेरै भुईमा ढलेका रुरु गाउँपालिका वडा नम्वर–१, रिडी बजारका ५५ बर्षिय कृष्णमान श्रेष्ठ हृदयघातका कारण सधैका लागि यो संसारबाट बिदा भएका हुन ।

गुल्मी, २९ साउन ।  गुल्मीमा मंगलवार विहान अहिले चलिरहेको एसईई पुरक परिक्षा केन्द्रको गेट भित्र छोरालाई पुराएर बाईबाईको हात हल्लाएका बाबु उति खेरै ढलेर सधैका लागि बिदा भएका छन।सदरमुकाम तम्घासको रेसुङ्गा माध्यामिक विद्यालयको परिक्षा केन्द्रमा छोरा कृष्पन श्रेष्ठलाई पुराएर फर्किने क्रममा उति खेरै भुईमा ढलेका रुरु गाउँपालिका वडा नम्वर–१, रिडी बजारका ५५ बर्षिय कृष्णमान श्रेष्ठ हृदयघातका कारण सधैका लागि यो संसारबाट बिदा भएका हुन ।

उनि गत चार दिनदेखि छोरालाई परिक्षा दिन तम्घास आएका थिए । छोरालाई परिक्षा केन्द्रमा पुराउनु अघिसम्म तम्घास वालमन्दिर लाईनमा रहेका उनका आफन्त गणेश श्रेष्ठ लगायतसंग बसेर चिया पिउँदै भलाकुसरी गर्दै थिए श्रेष्ठले । नेपाल कम्युनिष्ट पार्टी रुरु–१, वडा कमिटीका सदस्य थिए ।

उनको शव अब केहि वेरपछि सदरमुकाममा रहेका कम्युनिष्ट पार्टीका नेता कार्यकर्ताहरुले उनको घरमा लगेर रिडीमा अन्त्यिष्टि गर्न जान लागेको साविक एमालेको युवा संघ नेपालका पुर्व अध्यक्ष कृष्णप्रसाद भण्डारीले जानकारी दिए । छोरालाई परिक्षा नसकिने बेलासम्म जानकारी दिईएको थिएन । परिक्षा सकिए लगत्तै बाबु विरामी परेर पाल्पा लगिएको छ भनेर ढाँड्दै लगिएको भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ