प्रचण्डसँग हतियार खरिद गर्न जाँदा…

Shikharkhabar Shikharkhabar
|
शनिबार, पौष १५, २०७४
|
|
३३ पटक हेरिएको
Shares
प्रचण्डसँग हतियार खरिद गर्न जाँदा…

सारांश

  • ०५१ फाल्गुण २ देखि ४ गतेसम्म चितवनमा भएको नेकपा (एकता केन्द्र)को तेश्रो विस्तारित बैठकपछि पार्टीको नाम परिवर्तन गरेर नेकपा (माओवादी) राखिएको थियो ।
  • यसै बैठकपछि जनयुद्धको ठोस तयारी गरिन थालिएको थियो ।
  • तर धेरैलाई थाहा नभएको र त्यति चर्चामा नआएको विषय भनेको हामीले पञ्चायती व्यवस्थाकालमै पनि जनयुद्ध गर्ने भनेर तयारी तिव्र पारेका थियौँ ।

०५१ फाल्गुण २ देखि ४ गतेसम्म चितवनमा भएको नेकपा (एकता केन्द्र)को तेश्रो विस्तारित बैठकपछि पार्टीको नाम परिवर्तन गरेर नेकपा (माओवादी) राखिएको थियो । यसै बैठकपछि जनयुद्धको ठोस तयारी गरिन थालिएको थियो ।

तर धेरैलाई थाहा नभएको र त्यति चर्चामा नआएको विषय भनेको हामीले पञ्चायती व्यवस्थाकालमै पनि जनयुद्ध गर्ने भनेर तयारी तिव्र पारेका थियौँ । त्यो बेला पार्टीको नाम नेकपा (मशाल) थियो । यो पार्टी मोहनविक्रम सिंह, निर्मल लामा, भक्तबहादुर श्रेष्ठ आदिले नेतृत्व गरेको ०३१ सालको चौथो महाधिवेशन समुहकै एक सानो हिस्सा थियो । मोहनविक्रम तथा निर्मल लामाले पार्टी फुटाएर अलग पार्टी बनाइसकेका थिए ।

नेकपा (मशाल)मा भक्तबहादुर श्रेष्ठ, खम्बसिंह कुँवर, इश्वरी दाहाल (असारे), सिपि गजुरेल (गौरव) जस्ता पुरानो पुस्ताका नेताहरू वाँकि हुनु हुन्थ्यो भने मोहन वैद्य(किरण) यसका महासचिव हुनु हुन्थ्यो । पञ्चायती चुनाव वहिष्कारका क्रममा काठमाडौंको प्रहरी सेक्टरमा भएको तोडफोड तथा त्यसपश्चात भएको आम गिरफ्तारीमा पार्टीको क्षति भएकोले किरणकै प्रस्तावमा स्वयम किरण, गौरव लगायतले एक एक पद तल झर्ने गरि कारवाहीको प्रस्ताव पारित भएपछि किरणकै प्रस्तावमा प्रचण्ड पार्टी महासचिवमा चुनिएका थिए ।

०४६ साउनमा भएको केन्द्रिय समितिको बैठकले राजतन्त्र र भारतीय सत्ताका विरुद्ध क्रान्तिकारी संघर्ष चलाउने निर्णय लियो र जनयुद्धको तयारी थाल्ने योजना पारित ग¥यो । यसअन्तर्गत राजतन्त्रको अन्त्यको आवश्यकताका विषयमा देशव्यापी पर्चा छर्ने योजना बन्यो । राजतन्त्र र पञ्चायती व्यवस्थाको उत्कर्षको त्यस समयमा यस्तो काम अत्यन्त कठिन थियो । तर पनि यो काम देशव्यापी रूपमा सम्पन्न भयो ।

सरकारको नजर नेकपा (मशाल)प्रति कडा बन्दै थियो । ०४६ मंसीरमा ‘संसदिय प्रणालीको भ्रममा नपरौँ, नयाँ जनवादी क्रान्तिको तयारी गरौँ’ भन्ने पोष्टर देशव्यापी रुपमा प्रचार गर्ने काम भयो । जनयुद्धको थालनीको लागि एक प्रमुख चुनौतीपुर्ण र कठिन काम हातहतियार खरिद तथा संकलन थियो ।

यस पंक्तिकारको पार्टी जिम्मेवारी त्यसबेला पर्सा, वारा, रौतहट र मकवानपुर थियो । हातहतियार खरिदका लागि पर्साका केही शुभचिन्तक समर्थक मित्रहरूसँग कुराकानी चलाउन शुरुवात भयो । त्यसबेला भारतको राजीव गान्धी सरकारले नेपालमाथि नाकाबन्दी जारी राखेको समय थियो । औपचारिक रुपमा भारतीय नाकाबन्दी भएकोले रक्सौल वीरगंज नाकाबाट पेट्रोलियम पदार्थ आयात बन्द थियो । तर भारत नेपालबीच खुल्ला सीमा भएकोले पर्सा जिल्लाका अन्य ठाउँहरूबाट प्रशस्त मात्रामा पेट्रोलियम पदार्थ आयात भैरहेको थियो ।

नेपाली प्रशासनलाई यस्तो अवैध आयात गर्नेहरूलाई प्रोत्साहन गर्ने निर्देशन सरकारले दिएको बुझिन्थ्यो । उता भारतीय प्रशासनमा भने केही पैसा खुवाएपछि सजिलै गैरकानूनी ओसारपसारलाई खुकुलो पार्ने काम भैरहेको थियो । यसैबाट फाइदा उठाएर भारतबाट हातहतियार पनि ल्याउन सकिन्छ कि भनेर पर्सा जिल्लाका शुभचिन्तक साथीहरूसँग कुराकानी शुरु भयो । उनीहरूले हातहतियार पनि सजिलै ल्याउन सकिने जवाफ दिए ।

यसै क्रममा हातहतियारका व्यापारीहरूसँग नै कुराकानी गर्ने व्यवस्था शुभचिन्तकहरूले मिलाइदिए । हतियार व्यापारीहरूले भारतमा गएर हातहतियार हेर्न जाने प्रस्ताव राखे । तर पारीभन्दा वारी नै ल्याएर देखाउन हामीले आग्रह ग¥यौँ । शुरुमा उनीहरू अन्कनाए । तर पछि तयार भए । यो खबर प्रचण्डलाई दिइयो । त्यो बेलाको सुरक्षा जटिलतालाई ध्यानमा राखेर पहिला मैले नै ती हातहतियारहरू हेर्ने र पछि मात्र प्रचण्ड जाने सल्लाह भयो । यसैअनुसार पर्सा जिल्लाको एक गाउँमा सम्पर्क सूत्रले दिएको समयमा गइयो । त्यस सम्पर्क सूत्रले बाक्लो गाउँको बीचमा रहेको एक गोठमा लगे । एकछिनपछि एक बोरा भरी हतियार ल्याएर गोठभित्र रहेको टायरगाडा माथि खन्याए ।

विभिन्न खालका हातहतियारहरू जिन्दगीमा पहिलोपटक देख्दै थिएँ मैले । उनीहरूले एक–एक हतियार देखाउँदै त्यसको क्षमताबारे व्याख्या गर्न थाले । त्यसपछि ती हतियारहरूको मूल्यको बारेमा मैले कुरा उठाएँ । उनीहरूले धेरै परिमाणमा लिने भए मूल्यमा की हुने र थोरै परिमाणमा लिने भए मूल्य अलि बढ्ने वताए । मूख्य कुरा खतरा उत्तिकै मोलेर ल्याउनपर्ने भएकोले धेरै लिँदा मूल्य कम हुने बताए । मैले अब माथि कुरा गरेर भोलि नै खबर गर्ने बताएँ र त्यहाँबाट बिदा भएर वीरगंज आएँ ।

प्रचण्डसँग सल्लाह भएपछि हामी दुबै हतियार हेर्न जाने भयौँ । सम्पर्क सूत्रले दिएको समयमा हामी दुवै सोही गाउँमा पुग्यौँ । उनीहरूले पहिलाभन्दा धेरै हतियार ल्याएर गोठमा भएको टायरगाडामा खन्याए । पहिलेजस्तै एक–एक हतियार देखाउँदै त्यसको क्षमता व्याख्या गर्न थाले र त्यसको मूल्य पनि बताउँदै गए । त्यसपछि हामी साथीहरूसँग सल्लाह गरेर आगामी कारोबार बारे खबर गर्छौं भनेर फर्कियौँ ।

पर्सा जिल्लाको गण्डक नहरको बाटो भएर प्रचण्ड र म फर्किदैं थियौँ । बाटोमा चिया दोकान भेटियो । प्रचण्डकै आग्रहमा हामी चिया खान वस्यौँ । हामी चिया खाँदै थियौँ, केही प्रहरीहरू सोही बाटो भएर चिया दोकानतर्फ नै आउँदै रहेछन् । मलाई भने अनेक आशंकाले सताउन थालेको थियो । कतै हामी हतियार खरिदका लागि आएको सूचना कसैले प्रहरीलाई त दिएन ? कतै नेकपा (मशाल)का महासचिव प्रचण्ड यही हो भन्ने सूचना प्रहरीलाई दिएको त होइन ? यस्तै प्रश्नहरू मनमा उब्जन थालेको थियो । के गर्ने हो भन्ने उपाय पनि सुझिरहेको थिएन ।

अन्तमा मलाई लाग्यो, अब जे पर्ला पर्ला, भिड्ने हो । मसँग एउटा पेस्तोल थियो । त्यत्तिकैमा सो प्रहरी टोलीका नेता हवल्दार भित्र आएर पानी मागेर खाए । अनि प्रचण्ड र मलाई हेरे । प्रचण्ड उनीहरूलाई नहेरेर चिया खाँदै थिए । एक्कासी सो हवल्दारलाई के लाग्यो कुन्नी, उसले प्रचण्डलाई ‘जय नेपाल सर’ भन्दै सलाम पो ग¥यो । त्यसपछि प्रचण्डले पनि जय नेपाल भन्दै सलाम फर्काए र ‘सबै ठिक छ हैन ?’ भनेर हवल्दारलाई सोधे । हवल्दारले पनि ‘ठिक छ सर, हामी जान्छौँ सर’ भन्दै चिया दोकानबाट बाहिरिए । मलाई भने बल्ल बचियो भन्ने लाग्यो ।

ती प्रहरीहरू अलि टाढा गैसकेपछि मैले हतार–हतार पैसा तिरेँ र हामी त्यहाँबाट निस्केर फटाफट हिँड्यौँ । बाटोमा हामी विच लामो हाँसो चल्यो । किन ती हवल्दारले प्रचण्डलाई सलाम ग¥यो होला भन्ने कुरा हुन थाल्यो । हाम्रो निश्कर्ष रह्यो कि प्रचण्ड र मेरो स्टालिन शैलीको जुँगा र फौजी शैलीको कपालले हवल्दार झुक्किएको हुन सक्छ । त्यसबेला उसले प्रचण्डलाई माथिबाट निरिक्षणमा आएको प्रहरी इन्सपेक्टर सम्झ्यो र मलाई प्रचण्डको सहयोगी । घटना र विचार

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Dhan Bahadur Mali

    9

    Comment Author

    Sadanand Yadav

    9867976255

    Comment Author

    Dilli Khatiwada

    कुरो

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रविमाथि अमानवीय व्यवहार भएको विषयमा आयोगद्वारा छानविन सुरु
रविमाथि अमानवीय व्यवहार भएको विषयमा आयोगद्वारा छानविन सुरु
भरतपुरमा  अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
भरतपुरमा अर्को विवाद , ४ र ७ नं वडा अध्यक्षहरुलाई शपथ नगराउन उच्च अदालतद्धारा आदेश !
बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनह्याम
बराबरीमा रोकिए म्यानचेस्टर युनाइटेड र टोटनह्याम
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
चीनमा देखिएको नयाँ भाइरस मानिसबाट सर्न सक्ने, अमेरिकामा पनि भेटियो सङ्क्रमण
पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन स् सञ्चारमन्त्री
पूर्वाग्रही पत्रकारिताबाट नागरिक प्रभावित हुनुहुँदैन स् सञ्चारमन्त्री
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड
सिंहदरबारमा बसेको त्यो बैठक जसले गरायो बाबुराम र उपेन्द्रबीच बिछोड
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
जाजरकोट पहिराे: आठ जनाको शव फेला, पत्रकार बोहराकी ८ वर्षीया छोरीकाे पानि मृत्यु
“mostbet Kz Онлайн Казино Ресми Сайты Слоттар + 250 Fs Мостбет Кз Официальный Сай
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
विप्लवको उर्दीः निजी विद्यालय जनपरिषदमा दर्ता गर्नू
आज विदेशी मुद्राको विनिमय दर कति छ ?
आज विदेशी मुद्राको विनिमय दर कति छ ?

तपाईंले छुटाउनुभयो कि?