हिम्मतवाली रेखाको रुद्रप्रिया युट्युबमा, नेपाल ट्रेण्डिङमा तेस्रो
सारांश
- काठमाडौं, १७ पुस ।
- नेपाली सिनेजगतकी सुपरिचित नायिका रेखा थापा र नायक आर्यन सिग्देलको मुख्य अभिनय रहेको “रुद्रप्रिया” रिलिज भएको छोटा अवधिमै युट्युबबाट सार्वजनिक गरिएको छ ।
- २८ डिसेम्बरमा सार्वजनिक गरिएको रुद्रप्रिया १ जनवरीसम्म आइपुग्दा युट्युवको नेपाल ट्रेण्डिङमा तेस्रो स्थानमा आइसकेको छ ।
काठमाडौं, १७ पुस । नेपाली सिनेजगतकी सुपरिचित नायिका रेखा थापा र नायक आर्यन सिग्देलको मुख्य अभिनय रहेको “रुद्रप्रिया” रिलिज भएको छोटा अवधिमै युट्युबबाट सार्वजनिक गरिएको छ । २८ डिसेम्बरमा सार्वजनिक गरिएको रुद्रप्रिया १ जनवरीसम्म आइपुग्दा युट्युवको नेपाल ट्रेण्डिङमा तेस्रो स्थानमा आइसकेको छ ।
चार दिनको अवधिमा हालसम्म रुद्रप्रियालाई यो समाचार तयार पार्दासम्म साढे १२ लाखभन्दा बढीले हेरिसकेका छन् । साढे २ हजारभन्दा बढी प्रतिक्रिया आएका छन् भने अधिकांशले राम्रो प्रतिक्रिया दिएका छन् ।
सुदिप बबी भूपाल सिंह निर्देशित यो फिल्ममा रेखा थापा, आर्यन सिग्देल, राजन इशान, विश्व बस्नेत लगायतका कलाकारहरुको अभिनय छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया