प्रचण्ड परिवारबाट माओवादीमा ६ जना केन्द्रीय सदस्य (नामसहित)

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २३, २०७८
|
|
२६ पटक हेरिएको
Shares
प्रचण्ड परिवारबाट माओवादीमा ६ जना केन्द्रीय सदस्य (नामसहित)

सारांश

  • नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् ।
  • योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् ।
  • आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् ।

नेकपा माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका परिवार केन्द्रीय कमिटीमा थपिएका छन् । योसहित प्रचण्डको परिवारबाट ६ जना केन्द्रीय सदस्य बनेका छन् ।

आज ९७ जना मनोनित केन्द्रीय कमिटीमा प्रचण्डकी छोरी गंगा दाहाल र ज्वाईं जीवन आचार्य परेका छन् । गंगा प्रचण्डको सचिवालयमा कार्यरत छिन् । मोरङका आचार्य गंगाका पति हुन् ।

यसअघि २८ पौषमा २३६ केन्द्रीय सदस्य घोषणा गर्दा प्रचण्डसहित परिवारका ४ जना परेका थिए । त्यतिबेला प्रचण्डकी छोरी रेनु दाहाल, भाई नारायण दाहाल र बुहारी विना मगर केन्द्रीय कमिटीमा परेका थिए ।

माओवादी केन्द्रीय कमिटीमा प्रचण्ड परिवार
१. प्रचण्ड
२. रेनु दाहाल
३. विना मगर
४. नारायण दाहाल
५. गंगा दाहाल
६. जीवन आचार्य

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?