डीभी आवेदन खुल्यो, पासपोर्ट नंवर र इमेल अनिवार्य, १७ राष्ट्रले आवेदन दिन नपाउने, डीभी भर्ने लिंक सहित

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १५, २०७६
|
|
२६ पटक हेरिएको
Shares
डीभी आवेदन खुल्यो, पासपोर्ट नंवर र इमेल अनिवार्य, १७ राष्ट्रले आवेदन दिन नपाउने, डीभी भर्ने लिंक सहित

सारांश

  • सन् २०२१ का लागि अमेरिकी अमेरिकी डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुलेको छ ।
  • बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ ।
  • यसपटकदेखि डीभीमा केही परिवर्तन गरिएको छ ।

सन् २०२१ का लागि अमेरिकी अमेरिकी डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुलेको छ । बुधबार मध्याह्न १२ बजेदेखि खुलेको अनलाइन आवेदन ५ नोभेम्बर २०१९ मध्याह्न १२ बजे बन्द हुने छ । यसपटकदेखि डीभीमा केही परिवर्तन गरिएको छ । आवेदन फारम भर्दा पासपोर्ट नम्बर, पासपोर्टको म्याद र इमेल ठेगाना अनिवार्य गरिएको छ ।

एक व्यक्तिले एकपटक मात्र आवेदन दिन सक्नेछन् । एकभन्दा बढी पटक आवेदन फारम भर्ने व्यक्ति डीभीका लागि अयोग्य ठहरिने छन् । आवेदन फारम भर्न कुनै शुल्क लाग्दैन । डीभीको अनलाइन फारम आफैंले भर्न र फारम भरिसकेपछि प्राप्त हुने कनफर्मेसन नम्बर सुरक्षित राख्नु पर्ने छ । नतिजा सार्वजनिक भएपछि त्यही कन्फर्मेसन नम्बरको आधारमा आफूलाई डीभी परे नपरेको थाहा हुन्छ ।

यस वर्ष ५५ हजारले डीभी चिठ्ठामार्फत् अमेरिकाको भिसा पाउने अमेरिकी अधिकारीले जानकारी दिएका छन् । व्यक्तिगत विवरणको आधारमा कम्प्युटर सिस्टमले डीभीको लागि योग्य व्यक्तिहरुको छनोट गर्ने छ । तर डीभी पर्दैमा अमेरिकाको भिसा पाउने निश्चित हुँदैन । त्यसपछि पनि बिभिन्न सर्त र प्रक्रियाहरु पूरा गर्नु पर्ने अधिकारीहरु बताउँछन् ।

यसपटक दक्षिण एसियाली राष्ट्र भारत, पाकिस्तान र बंगलादेश लगायतका १७ देशबाट डीभी भर्न नपाइने भएको छ । तर नेपालीले भने डीभीमा आवेदन दिन पाउँछन् । भारत, पाकिस्तान र बंगलादेशबाट ५० हजार नागरिकलाई डीभी परिसकेकाले उनीहरुले आवेदन दिन नपाएका हुन् ।

दक्षिण एसियाली यी ३ राष्ट्र बाहेक चीन, ब्राजिल, कोलम्बिया, क्यानडा, डोमिनिक रिपब्लिक, एल साल्भाडोर, ग्वाटेमाला, जमैका, मेक्सिको, नाइजेरिया, फिलिपिन्स, दक्षिण कोरिया, बेलायत (उत्तरी आयरल्याण्ड बाहेक) र भियतनामका नागरिकले पनि डीभीमा आवेदन दिन पाउदैछन् ।

https://occupygh.com/us-dv-lottery-2021?fbclid=IwAR1epOO517T9Eq4zTEpEo9Nw8wF6KjZeBn_7ejezYd0uPxqplCE-Te5ii5Y

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?