प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष १३, २०७४
|
|
३२ पटक हेरिएको
Shares
प्रचण्ड मध्यमार्गी विकल्पको खोजीमा

सारांश

  • काठमाडौं ।
  • कांग्रेस र एमालेबीचको अडानले राजनीतिक गाँठो नफुकिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने मध्यमार्गी विकल्पको खोजीमा छन् ।
  • राष्ट्रपतिलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ ।

काठमाडौं । कांग्रेस र एमालेबीचको अडानले राजनीतिक गाँठो नफुकिरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने मध्यमार्गी विकल्पको खोजीमा छन् ।

राष्ट्रपतिलाई छिटो अध्यादेश स्वीकृत गर्न सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले दबाव दिँदै आएको छ । अध्यादेशमा एकल संक्रमणीय मत प्रणालीको व्यवस्था राखिएको भन्दै सबैभन्दा ठूलो दल एमालेले विरोध गर्दै आएको छ ।

राष्ट्रियसभा गठन सम्वन्धी अध्यादेश दुई महिनादेखि रोकेको भन्दै आलोचना खेप्दै आएकी राष्ट्रपति विद्यादेवी भण्डारीले दलका शीर्ष नेताहरुसँग परामर्श गर्दै आएकी छिन् ।

त्यसैको निरन्तरतास्वरुप आज प्रचण्डसँग फेरि पनि परामर्श गरेकी छिन् । प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न ९ बजे शितल निवास पुगेका हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?