लागुऔषध भित्रिने क्रम बढ्यो

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ४, २०७७
|
|
२२ पटक हेरिएको
Shares
लागुऔषध भित्रिने क्रम बढ्यो

सारांश

  •   काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ ।
  • प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
  • पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ ।

 

काठमाडौँमा पछिल्लो समयमा लागुऔषध भित्रिने क्रम बढेको पाइएको छ । प्रहरीले केही व्यक्तिलाई लागुऔषधसहित पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पछिल्लो तीन घटनालाई हेर्ने हो भने पनि प्रहरीले झण्डै ६ हजार एम्पुल लागुऔषधसहित चार अभियुक्तलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेत मुलुकमा पछिल्लो समयमा राजनीतिक आन्दोलनलगायत घटनाक्रम नभएकाले प्रहरीले आपराधिक क्रियाकलाप नियन्त्रणमा सक्रिय हुन पाउँदा यसमा उपलब्धि हासिल भइरहेको बताए । उहाँका अनुसार अन्य आपराधिक गतिविधि चोरीठगी गर्ने व्यक्तिसमेत धमाधम पक्राउ परिरहेको जानकारी दिए । प्रहरीले लागुऔषध कारोवारी सक्रिय भएको आशङ्कामा नाका र सम्भावित जोखिम क्षेत्र पहिचान गरी सुरक्षा सतर्कतासमेत बढाएको जनाएको छ ।

प्रहरीले काठमाडौँको नाका नागढुङ्गाबाट ठूलो परिमाणमा लागुऔषधसहित १३ वर्षका बालकलाई पक्राउ गरेको थियो । फागुन अन्तिम साता रौतहटबाट काठमाडौँ आउँदै गरेको ना८ख ११०४ नंको बसमा सवार उनको झोलाबाट एक हजार ९०० एम्पुल लागुऔषध भेटिएको थियो । उनको झोलामा डाइजेपान ७०० एम्पुल, फेनारगन ६०० एम्पुल र नोफिन ६०० एम्पुल बरामद गरिएको थियो । यसरी लागुऔषध उनले आफैँले ल्याएको नभई उनलाई कसैले प्रयोग गरेको हुन सक्ने प्रहरीले जनाएको छ । यद्यपि उनको विषयमा प्रहरीले अनुसन्धान जारी रोखेको छ ।

यही चैत २ गते काठमाडौँ महानगरपालिका–४ स्युचाटारबाट सोलुखुम्बु आङ्गु शेर्पा पनि दुई हजार ३७५ एम्पुल लागुऔषधसहित पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा उनलाई फेला पारी कोठा खानतलासी गर्दा उनका साथबाट डाइजेपाम ८११ एम्पुल, फेनारगन ७८४ एम्पुल, नुरफिन ६०० एम्पुल १७९, लुपुजेपाम १७९ एम्पुल र नाइटेजेपाम एक हजार २०० एम्पुल बरामद गरेको छ ।

यही चैत ३ गते पनि भारत मोतिहारीका सुवासकुमार यादव र पम्पु यादवबाट प्रहरीले एक हजार ४९० एम्पुल लागुऔषध बरामद गरेको छ । उनीहरू पनि अनुसन्धानको दायरमा छन् । पछिल्लो समयमा ठूलो परिमाणको लागुऔषधसहित मानिस पक्राउ परिरहेका छन् । यी त प्रतिनिधि घटना मात्र हुन् । उक्त घटनाले काठमाडौँको उपत्यकामा लागुऔषध भित्रिने मात्रा बढेको देखिएको छ ।

प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर प्रहरीले सक्रियता देखाएकाले विभिन्न आपराधिक क्रियाकलापमा संलग्न व्यक्ति पक्राउ पर्न थालेको बताए । यसअघि कोभिडका कारण प्रहरीले पनि सक्रियतापूर्वक काम गर्न नसकिरहेका बेला कोभिड सङ्क्रमण नियन्त्रणतर्फ गएकाले प्रहरीले अन्य आपराधिक क्रियाकलाप नियन्त्रणमा केन्द्रित हुन थालेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोरखाका भूकम्पपीडितलाई चुनावी रौनकले छोएन
गोरखाका भूकम्पपीडितलाई चुनावी रौनकले छोएन
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
आजका पत्रपत्रिकामा गोरे हिट, प्रदेश २ को सरकारलाई दिएको समर्थन फिर्ता लिने
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
प्रधानमन्त्री देउवा संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा भाग लिन न्यूयोर्क प्रस्थान,
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
पोखरामा १० लाख ५८ हजार नगदसहित ९ जना जुवाडे पक्राउ
Ways to Date Internet: Tips For Good Dating Online Initial Messages
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
अमेरिकन आइडलः हलिउडमा गुञ्जिए दिवेश पोखरेल, तीनैजना जजले भने – ‘वान्स मोर…’
कीर्तिपुरका मेयर नकर्मीको निधन
कीर्तिपुरका मेयर नकर्मीको निधन
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
यस्तो छ, नेपाल पत्रकार महासंघले तयार पारेको आमसञ्चारमाध्यमसम्बन्धी नमूना ऐनको मस्यौदा
चिकित्सा विधेयक पहिलो कार्यसूचीमा
चिकित्सा विधेयक पहिलो कार्यसूचीमा
अर्का कोरोना संक्रमितको पनि मृत्यु, ९ जना पुगे नेपालमा ज्यान गुमाउने

तपाईंले छुटाउनुभयो कि?