प्रतिक्षाको घडि समाप्त, सन्जु को ट्रेलर आउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, जेठ १०, २०७५
|
|
२३ पटक हेरिएको
Shares
प्रतिक्षाको घडि समाप्त, सन्जु को ट्रेलर आउँदै

सारांश

  • मुम्बई, १० जेठ ।
  • रनवीर कपूर अभिनित चलचित्र सन्जुको प्रतिक्षामा अहिले धेरै मानिसहरु छन् ।
  • टिजरले ऐतिहासिक सफलता हात पारेपछि अब ट्रेलर पनि रिलीज हुँदै छ ।

मुम्बई, १० जेठ । रनवीर कपूर अभिनित चलचित्र सन्जुको प्रतिक्षामा अहिले धेरै मानिसहरु छन् ।

टिजरले ऐतिहासिक सफलता हात पारेपछि अब ट्रेलर पनि रिलीज हुँदै छ ।
फिल्मका निर्देशक राजकुमार हिरानीले ट्वीट गर्दै ३० मे मा ट्रेलर रिलीज हुने कुरा सार्वजनिक गरेका हुन् ।

फिल्म सन्जु मा रनवीर कपूर वरिष्ठ कलाकार संजय दत्तको भूमिका निर्वाह गर्दैछन् । जसमा संजय दत्तको जीवनमा भएका उतार चढाव देखाइएको छ । फिल्ममा रनवीरसँगै दिया मिर्जा, अनुष्का शर्मा, सोनम कपूर, विक्की कौशल र परेश रावल जस्ता कलाकारले अभिनय गर्नेछन् । यो फिल्म २९ जुुन २०१८ मा सिनेमाहलमा लाग्नेछ ।

संजय दत्तकी पत्नीको रोल दिया मिर्जा निभाउँदै छिन् भने, मनिषा कोइरालाले उनको आमाको भुमिका निर्वाह गर्नेछिन् ।

फिल्मको टिजर र पोस्टर निकै भाइरल भैरहेका छन् । यस्तोमा फिल्मले पनि ऐतहासिक सफलता हात पार्नेमा निर्माण पक्ष आशावादी छ ।

 

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Durga Kulung Rai Kirat

    बाल मतलब

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?