एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
४८ पटक हेरिएको
Shares
एउटी गरिबसँग ‘घुस’ लिँदा १३ जनालाई एड्स

सारांश

  • काठमाडौँ, माघ २० ।
  • छिमेकी देश भारत, भारतको पनि गोरखपुर ।
  • जहाँ एउटा महिलाले राज्यले दिने रासन कार्ड र विधवा पेन्सन भत्ता लिन कतिसम्म मूल्य चुकाउनु पर्दोरहेछ भन्ने घटना पटाक्षेप भएको छ र सिंगो भारतको शासन व्यवस्थालाई कटाक्ष गरेको छ ।

काठमाडौँ, माघ २० । छिमेकी देश भारत, भारतको पनि गोरखपुर । जहाँ एउटा महिलाले राज्यले दिने रासन कार्ड र विधवा पेन्सन भत्ता लिन कतिसम्म मूल्य चुकाउनु पर्दोरहेछ भन्ने घटना पटाक्षेप भएको छ र सिंगो भारतको शासन व्यवस्थालाई कटाक्ष गरेको छ ।

गोरखपुरको भटहट गाउँको घटना हो यो । जहाँ गाउँका १३ जनालाई एकैपटक एड्स भएको छ र त्यसको कारण हो उनीहरुको घुस्याहा चरित्र । घुस लिँदा कसरी एड्स हुन्छ भन्नुहोला, तर यहाँ एकजनालाई होइन, १३ जनालाई एड्स भइसकेको छ । त्यतिमात्र होइन भारतमा सुशासन सुध्रियो, गरिबको दिन आयो भनेर मोदी सरकारले लगाउने नारामै मोसो दलिएको छ ।

‘काम त हुन्छ तर सुत्नुपर्छ’
६ वर्षअघि भटहट गाउँमा २४ वर्षीया महिला नयाँ दुलही बनेर आइन् । मुम्बईमा रहन्थे पति । कारखाना मजदुर थिए । तीनवर्षमै उनको निधन भयो । बिरामी भइरहन्थे, मरे । गरिबको मृत्युको कहाँ हिसाब राखिन्छ र ? पति मरे, बालबच्चा पनि भएन । अब गाउँमा सहयोग गर्ने पनि कोही भएनन् । रासन कार्ड र विधवा भत्ताका लागि महिला धाउन थालिन् । सहुलियत कार्ड भए बाँच्न सकिन्थ्यो । गाउँकै एउटा जानकारसँग मदत मागिन् । उनले गाउँका प्रधानलाई भेट्टाए । प्रधानले सचिवलाई भेट्टाइ । सरकारी कार्यालयमा अरु बिचौलिया पनि हुन्छन् । सबैले काम हुन्छ भने र मागे थोरै घुस । एउटा विधवा गरिबसँग के हुन्छ र घुस दिन ? सबैले हाकाहाकी भने, ‘काम गर्ने भए हामीसँग सुत्न पर्छ ।’ मान्छे बाध्यतामा परेपछि बाँच्नलाई के गर्दैन ? उनले एउटै विकल्प त्यही देखिन् र सम्बन्ध राखिन् । र, गाउँका १३ जना जसलाई एड्स भएको छ, यी सबै तिनै हुन्, जसले रासन कार्ड र विधवा भत्ताका लागि यिनलाई शोषण गरिरहे ।

‘घुस त जे हुन्छ, त्यही दिने हो’
पहिले नै भनिएको थियो कि, मुम्बईमा रहने पति बिरामी भइरहन्थे, मरे । कसैले चासो दिएनन् । तर पतिले मर्नुअघि २७ वर्षीया पत्नीलाई छोराछोरी त दिन सकेनन् नै दिएका रहेछन् एड्स । तीन वर्षसम्म १३ समाजसेवीले विधवासँग सम्बन्ध बनाइरहे । उनीले पनि आफूसँग भएको ‘घुस’ दिइरहिन् । एक जना, दुई जना होइन, १३ जना खुशी थिए । तीन महिनाअघि उनी बिरामी परिन् । प्रधानलाई भनिन् । प्रधानले उपचार गराए । तर कम भएन बिरामी । डाक्टरकहाँ गएर रगत जचाइयो । र, प्रधानकै होस उड्यो । महिलालाई त एड्स रहेछ । उनीसँग सम्बन्ध राख्ने सबै आत्तिए । अर्को मेडिकल कलेजमा गएर दोस्रोपटक रगत जचाइयो, त्यहाँ पनि रिपोर्टमा एड्स देखियो । यसपछि घुस लिइरहेका १३ जनाले पालैपालो रगत जचाए, सबैलाई एड्स थियो । अर्थात् एउटा अबला नारीलाई शोषण गर्नेहरुले पनि घुस लिएको लुकाउनै मिलेन ।

गाउँभर हल्ला मच्चियो । जजसले महिलालाई शोषण गरेका थिए, सबैमा एड्स भेटियो । केही किलो अन्नका लागि १३ जनासँग सुत्नप¥यो महिलाले । यो घटनाले भारतमा घुसविना काम नै हुँदैन भन्ने पुष्टि गरेको छ । एउटा विधवा महिलाले रासन कार्ड र विधवा भत्ताका लागि कति घिनलाग्दा सरकारी अधिकारीसँग संगत गर्नुपर्छ भन्ने देखाएको छ । भारत भ्रष्टाचारमा कति लिप्त रहेछ भन्ने कुरा लुकेको छैन ।

र, जस्तो कर्म उस्तै फल भनिन्छ । अझ यही जन्ममा त्यस्तो फल मिलेको छ १३ घुसखोरलाई । महिलाले पनि पहिल्यै पतिको मृत्यु कसरी भयो भन्ने जान्नुपथ्र्यो, १३ जनासँग सम्बन्ध बनाउँदा सुरक्षाको साधन अपनाउनु पथ्र्यो, धन्न उनी गर्भवती भइनन् । स्रोतः विभिन्न एजेन्सी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
अलैची व्यवसायीको पीडाः बजार मूल्यभन्दा भन्सार दोब्बर
नेपाल लोकतान्त्रिक फोरम प्रदेश नं ४ को पुर्नगठन ,पोखराका अमन कोषाध्यक्ष
नेपाल लोकतान्त्रिक फोरम प्रदेश नं ४ को पुर्नगठन ,पोखराका अमन कोषाध्यक्ष
माओवादी नेता बादल नवलपुर १ को उम्मेदवार !
माओवादी नेता बादल नवलपुर १ को उम्मेदवार !
बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत
बिहान १०ः१९ बजे दशैँको टीकाको उत्तम साइत
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
भैरहवा विमानस्थलमा व्यावसायिक उडानको निरन्तरता चुनौतीपूर्ण : मन्त्री किराती
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
बादल पनि माओवादी केन्द्रका उम्मेदवार, यी हुन् १४ भाग्यमानी उम्मेद्वारहरु
मोदीको नेपाल भ्रमण व्यवस्थापनमा कति भयो खर्च ?
मोदीको नेपाल भ्रमण व्यवस्थापनमा कति भयो खर्च ?
वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल
वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा
कुनै पनि कसर बाँकी नराखेर सुरक्षा प्रबन्ध मिलाइएको छ : गृहसचिव सापकोटा