प्रतिनिधिसभा बैठक रोकिएपछि रविले भनेः बार्गेनिङ मात्र चल्छ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २२, २०८०
|
|
५० पटक हेरिएको
Shares
प्रतिनिधिसभा बैठक रोकिएपछि रविले भनेः बार्गेनिङ मात्र चल्छ

सारांश

  • काठमाडौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् ।
  • सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर ४ बजेका लागि सारिएको थियो ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् ।

सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँसेर ४ बजेका लागि सारिएको थियो । ४ बजेका लागि सारिएको बैठक पनि स्थगित भएपछि यस सन्दर्भमा रास्वपा सभापति लामिछानेले आक्रोश पोखेका हुन् ।

‘वर्षौंदेखि देशलाई कसरी प्यारलाईज्ड गरिएको रहेछ भन्ने राम्ररी बुझ्दैछौं’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘कयौं कानुन बनाउनु पर्नेछ, कयौं कानुनमा संशोधन आवश्यक छ । जन सरोकारका कयौं मुद्दामा छलफल र निर्णय गर्नु छ । तर संसद चल्दैन, बार्गेनिङ चल्छ, मात्र बार्गेनिङ, दु:खद ।’

एमालेले त्रिभुवन विमानस्थलबाट गैरकानुनी रुपमा नेपाल भित्रिएको झण्डै एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिनको माग राखेर साउन १० गते देखि संसदीय संसदको दुवै सदनको बैठक चल्न दिएको छैन ।सत्तारुढ दलहरु सरकारले जारी राखेको अनुसन्धान एउटा टुंगोमा नपुगी अर्को समिति बनाउन तयार भएका छैनन् । यही विषयमा कुरा नमिल्दा प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक प्रभावित हुँदै आएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ