प्रतिबन्ध गरिएको भारतीय नोट किन राख्छन्! १५ लाखसहित ६ जना पक्राउ
सारांश
- काठमाडौं ।
- प्रतिवन्ध लगाइएका एक हजार र पाँच सय दरका भारतीय नोट १५ लाख ९० हजार सहित ६ जना पक्राउ परेका छन् ।
- काठमाडौंको नयाँबजारस्थित होटल मेट्रो ईनबाट ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्रेको हो ।
काठमाडौं । प्रतिवन्ध लगाइएका एक हजार र पाँच सय दरका भारतीय नोट १५ लाख ९० हजार सहित ६ जना पक्राउ परेका छन् । काठमाडौंको नयाँबजारस्थित होटल मेट्रो ईनबाट ६ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले पक्रेको हो ।
स्वयम्भु डेरागरी बस्ने धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ४ का २१ वर्षीय शम्भु परियार, दोलखा तामाकोशी गाउँपालिका ३ का २३ वर्षीय रामबिक्रम खड्का, कास्कीका ४० वर्षीय सन्तोष थापा, बागलुङ बडिगाड गाउँपालिका ५ का ३२ वर्षीय नबिन थापा, काभ्रेपलान्चोक तेमाल गाउँपालिका ६ का ३६ वर्षीय राजेन्द्र तामाङ र ३७ वर्षीय धनध्वज तामाङ पक्राउ परेका छन् ।
होटलमा भेला जम्मा भई नेपाल तथा भारतमा समेत कारोवार गर्न प्रतिबन्ध लगाइएको भारतीय १ हजार र ५ सय दरको नोटहरु साथमा बोकेर सर्वसाधारणलाई विभिन्न प्रलोभनमा पारी ठगेका थिए ।
ठगेको थाहा पाएपछि प्रहरीलाई सूचना दिइएको थियो । त्यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया