नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
३८ पटक हेरिएको
Shares
नेपाल तामाङ राष्ट्रिय घेदुङले मनायो भृकुटीमण्डपमा ल्होसार, स्मिता सम्मानित

सारांश

  • काठमाडौं, ४ माघ ।
  • नेपाल तामाङ राष्ट्रिय घेदुङले काठमाडौंको भृकुटीमण्डपमा धुमधामसँग ल्होछार पर्व मनाएको छ ।
  • नेपाल तामाङ घेदुङले फागुन ४ मा ल्होछार मनाउने घोषणा गरेसँगै विवाद सुरु भएपनि भृकुटीमण्डपमा ल्होछार पर्व मनाइएको छ ।

काठमाडौं, ४ माघ । नेपाल तामाङ राष्ट्रिय घेदुङले काठमाडौंको भृकुटीमण्डपमा धुमधामसँग ल्होछार पर्व मनाएको छ । नेपाल तामाङ घेदुङले फागुन ४ मा ल्होछार मनाउने घोषणा गरेसँगै विवाद सुरु भएपनि भृकुटीमण्डपमा ल्होछार पर्व मनाइएको छ ।

उक्त कार्यक्रमलाई सिन्धुपाल्चोकका प्रतिनिधि सभा सदस्य शेरबहादुर तामाङ, काभ्रे कांग्रेसका नेता तीर्थ लामालगायतले सम्बोधन गरेका थिए । त्यस अवसरमा विभिन्न तामाङ नाच र गीत प्रस्तुत गरिएको थियो ।

स्मिता सम्मानित
यसैबीच सोही कार्यक्रममा काभ्रे घर भई हाल बुढानीलकण्ठमा सी नेपाल नामक संस्थामार्फत समाजसेवामा सक्रिय स्मिता लामालाई सम्मान गरिएको थियो । उनले विगत ५ वर्षदेखि ३३ जना अनाथ बालबालिकाहरुलाई संरक्षण दिइरहेकी छन् । आफ्नो कामको मूल्यांकन गरी सम्मानित गरिएकोमा समाजसेवामा अझै सक्रिय हुने हौसला मिलेको स्मिताले बताइन् ।

यो पनि पढ्नुहोस्

https://shikharkhabar.com/2018/01/13/44033/

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?