प्रतिवेदनमाथिको छलफलमा एमालेका सांसद आएनन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २, २०७३
|
|
१७३ पटक हेरिएको
Shares
प्रतिवेदनमाथिको छलफलमा एमालेका सांसद आएनन्

सारांश

  • स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले सोमबार सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ ।
  • सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा जिल्लामा देखिएको गुनासो हल गर्ने बारेमा कुराकानी भएको थियो ।
  • छलफलमा सहभागीले सिरहामा केही मात्रामा स्थानीय तहको सङ्ख्या थप गरेर भए पनि गुनासो समाधान गर्नुपर्ने बताएका थिए ।

स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनका गुनासा अध्ययन गरी सरकारलाई सुझाव पेस गर्न गठित समितिले सोमबार सिरहा जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल गरेको छ ।

सिंहरबारस्थित सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा भएको उक्त छलफलमा स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदनको सम्बन्धमा जिल्लामा देखिएको गुनासो हल गर्ने बारेमा कुराकानी भएको थियो । छलफलमा सहभागीले सिरहामा केही मात्रामा स्थानीय तहको सङ्ख्या थप गरेर भए पनि गुनासो समाधान गर्नुपर्ने बताएका थिए ।

छलफलपछि समितिका संयोजक एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनःसंरचनाबारे जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सांसदसँग छलफल गरेर सुझाव दिन आग्रह गरिएको बताए ।

प्रतिवेदनको सम्बन्धमा प्राप्त गुनासो अध्ययन गर्न गठित समितिले जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दलका सांसद्लाई छलफलका लागि खबर गरे पनि प्रमुख प्रतिपक्षी र सङ्घीय लोकतान्त्रिक मधेसी मोर्चाका सांसद् भने उपस्थित भएनन् ।

समितिले सम्बन्धित पार्टीका प्रमुख सचेतकमार्फत सबै सांसदलाई छलफलमा सहभागी हुन आग्रह गरेको थियो । समितिले आजै धनुषा र महोत्तरी जिल्लाका सांसद्सँग छलफल गर्दैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो
कांग्रेस उम्मेदवारको घर नजिकै शंकास्पद वस्तु भेटियो
वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता-भट्टराई
वामपन्थीको लोकतान्त्रिकरण र लोकतन्त्रको प्रगतिशीलकरण अहिलेको आवश्यकता-भट्टराई
‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन
‘आणविक अस्त्र नष्ट गर !’ भन्दै यी देशका राजदूतावास अगाडि विरोध प्रदर्शन
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए
बझाङ भूकम्प अपडेट : एक जनाको मृत्यु, १३५ घर भत्किए
आलितालमा  पौडी खेल्ने क्रममा बगाई बेपत्ता
आलितालमा पौडी खेल्ने क्रममा बगाई बेपत्ता
राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता
राष्ट्रियसभामा माओवादीका १४ उम्मेदवार भोलि छान्दै यी तीन नेता
प्रचण्डले यसरी आँकलन गरे आगामी पाँच वर्षका अवसर र चुनौति
प्रचण्डले यसरी आँकलन गरे आगामी पाँच वर्षका अवसर र चुनौति
चासोको विषय, कस्लाई बनाउलान २ नम्बर प्रदेशका जनताले पहिलो पार्टि ?
चासोको विषय, कस्लाई बनाउलान २ नम्बर प्रदेशका जनताले पहिलो पार्टि ?
गृहराज्यमन्त्री श्रेष्ठले प्रहरीलाई समेत हैरान गरेपछि हंगामा
गृहराज्यमन्त्री श्रेष्ठले प्रहरीलाई समेत हैरान गरेपछि हंगामा
भत्काइँदै पाेखराका भद्दा आइल्यान्ड, छुट्टै पार्क बनाएर सालिक राख्न सुझाव
भत्काइँदै पाेखराका भद्दा आइल्यान्ड, छुट्टै पार्क बनाएर सालिक राख्न सुझाव