कविता । समाधिस्थलबाट

Shikharkhabar Shikharkhabar
|
शनिबार, चैत्र ३, २०७४
|
|
४१ पटक हेरिएको
Shares
कविता । समाधिस्थलबाट

सारांश

  • जनक महतारा संकेत असली कम्युनिष्ट बन्ने लालस बोकेर उभ्याएको भए माओवादको ठाउँमा जबजको झण्डा माक्र्सवादको आत्मामा झोसेर आगाको लप्का म पनि मनाइरहेको हुन्थे हुँला माक्र्सकै जन्मजयन्ती सुप्रिमो, आँधि आउनु अघिल्लो रात तिम्रो एक आह्वानको बेप्रबाह गरेको भए झोलामा कोचेर लेनिनको ग्रन्थ लय हालेर घोकिरहेको हुन्थे हुँला खुश्चोभी दस्ताबेज हो, असली कम्युनिस्ट हुने रहर पालेर खाली दिमाखको डिब्बामा खाँद्न छोडेर माओवादका खजानाहरु आँखा चिम्म पार्दै निलेको भए जबजका क्याप्सुल सुम्पेर त्रिशुलीलाई मदनको जिउँदोजाग्दो शरीर महाकालिको अग्लो बाँधमाथि उभिएर गाइरहेको हुन्थे हुँला रास्ट्रबादको गीत औलामा नचाएर देशको सत्तालाई धन्दाको आयातन बढाईरहेको उद्योगपति जस्तै संसद, मन्त्री या दुनियाँको आँखामा कसिङ्गर छरेर हजारौको भोट खरिद्ने अब्बलवाला ब्यबसायी हुन्थे हुँला मनले कहाँ मान्थ्यो र यसो गर्न १ कहाँ मान्थ्यो र सुप्रिमो यो मन लुटको स्वर्गमा खुट्टा ढोगेर कुख्यात तानाशाहलाई मोहर चढाउन १ खोसेर निमुखाहरुको दैलोको उज्यालो आफ्नो आयु बढाइरहेको कालो रातको विरुद्ध बोकेर माओवादको अजय झन्डा चलाएको हुँ खुनी सत्ताको बुर्जामा धारिलो तरबार गाएर मुक्तकण्ठले आजादीको सुरिलो भाका चुमेको हुँ बलिबेदिको उच्चो पहाड जसरी सन्ध्या पहरमा रातो सुर्यले क्षितिजको बैँस चुमेर जान्छ त्यो बेला जबज आँखाको खुंखार आतंककारी म मृत्युको सनसनीपुर्ण समाचार बनेर फैलिएको दिन टेबुलको घर्रामा लुकाएर माक्र्सको फोटो उल्लासमय लेण्डुपको गीतमा नाचिरहेको थियो जबज शिविर सुप्रिमो, चिन्नु पर्ने हो मलाई म सुरेश वाग्ले, म रितबहादुर खड्का म सुनिल, म मधेसको रामवृक्ष बलिदानको म्याराथनमा पहिला भएको म स्कुले दिलबहादुर म परिवर्तन, युद्धको चिन्गारी म कृष्णसेन, कलमहरुको अगुवा म जित, महासमरको नायक म चुनु, महासङ्ग्रामकी गायक म।

जनक महतारा संकेत

असली कम्युनिष्ट बन्ने लालस बोकेर
उभ्याएको भए माओवादको ठाउँमा जबजको झण्डा
माक्र्सवादको आत्मामा झोसेर आगाको लप्का
म पनि मनाइरहेको हुन्थे हुँला माक्र्सकै जन्मजयन्ती

सुप्रिमो,
आँधि आउनु अघिल्लो रात
तिम्रो एक आह्वानको बेप्रबाह गरेको भए
झोलामा कोचेर लेनिनको ग्रन्थ
लय हालेर घोकिरहेको हुन्थे हुँला खुश्चोभी दस्ताबेज

हो, असली कम्युनिस्ट हुने रहर पालेर
खाली दिमाखको डिब्बामा खाँद्न छोडेर माओवादका खजानाहरु
आँखा चिम्म पार्दै निलेको भए जबजका क्याप्सुल
सुम्पेर त्रिशुलीलाई मदनको जिउँदोजाग्दो शरीर
महाकालिको अग्लो बाँधमाथि उभिएर
गाइरहेको हुन्थे हुँला रास्ट्रबादको गीत

औलामा नचाएर देशको सत्तालाई
धन्दाको आयातन बढाईरहेको उद्योगपति जस्तै
संसद, मन्त्री या दुनियाँको आँखामा कसिङ्गर छरेर
हजारौको भोट खरिद्ने अब्बलवाला ब्यबसायी हुन्थे हुँला

मनले कहाँ मान्थ्यो र यसो गर्न १
कहाँ मान्थ्यो र सुप्रिमो यो मन
लुटको स्वर्गमा खुट्टा ढोगेर कुख्यात तानाशाहलाई मोहर चढाउन १

खोसेर निमुखाहरुको दैलोको उज्यालो
आफ्नो आयु बढाइरहेको कालो रातको विरुद्ध
बोकेर माओवादको अजय झन्डा
चलाएको हुँ खुनी सत्ताको बुर्जामा धारिलो तरबार

गाएर मुक्तकण्ठले आजादीको सुरिलो भाका
चुमेको हुँ बलिबेदिको उच्चो पहाड
जसरी सन्ध्या पहरमा रातो सुर्यले
क्षितिजको बैँस चुमेर जान्छ

त्यो बेला जबज आँखाको खुंखार आतंककारी म
मृत्युको सनसनीपुर्ण समाचार बनेर फैलिएको दिन
टेबुलको घर्रामा लुकाएर माक्र्सको फोटो
उल्लासमय लेण्डुपको गीतमा नाचिरहेको थियो जबज शिविर

सुप्रिमो, चिन्नु पर्ने हो मलाई
म सुरेश वाग्ले, म रितबहादुर खड्का
म सुनिल, म मधेसको रामवृक्ष
बलिदानको म्याराथनमा पहिला भएको म स्कुले दिलबहादुर
म परिवर्तन, युद्धको चिन्गारी
म कृष्णसेन, कलमहरुको अगुवा
म जित, महासमरको नायक
म चुनु, महासङ्ग्रामकी गायक
म।।।।। हामिहरु।।।।हो हजारौ हामिहरु।।।।।।।।।।।
पहाड जस्तै छाती बोकेर मृत्यु जितेका हामिहरु
यो गोलभुगोलको अनाम समाधिस्थलमा सुतेर
यहिबाट देखिरहेछौ तपाईं र तपाईहरुका एकएक चाल

सुप्रिमो, उबेला दिनहरु यस्ता थिए
फलामको ओजिलो बन्दुक बोकेर
ओठ निलाकाला बनाउने चिसा रातहरुमा
हामी जागै बस्थ्यौ र पो
तिम्रो निद्रामा आउने डरलाग्दा सपनाहरू परैबाट भाग्थे
पलपलमा चिह्याइरहने मृत्युका छायाहरुमा
हाम्रा पाइलाहरु सहजै पुग्थे र पो
तिम्रा हरेक कदमहरुमा अजिवको उर्जा भरिन्थ्यो

भन सुप्रिमो नढाटी भन
आजकाल तपाईको मुखबाट निस्किरहेको तातो बाफ
र उहिले हाम्रो छातिबाट निस्केको रगतको रङ्ग किन मिल्दैन ?

किन ? बिरुप बिरुप लागिरहेछन तिम्रा पाइलाहरु
कुल्चदै भत्काईरहेछ्न किन, हाम्रै लाशमाथी उभिएको स्वर्णिम मार्ग ?
भन, दुष्टको गोलिले छियाछिया हुदा नदुखेको छाती
आज किन ? बेस्कन दुखिरहेछ्न मासु बिनाका यी निख्ला कंकालहरु

जब हाम्रै नाम लिएर उभिन्छौ मञ्चहरुमा एकमिनेट
त्यो बेला छरपस्ट देखिनु पर्ने हो तिम्रा मानसपटलमा हाम्रा अनुहार
तर उहीँ एकमिनेट समयको अन्तरामा
तिम्रो मस्तिष्क वरिपरि किन घुमिरहन्छन देश खाने
ठेकेदारहरुको बथान

हरबिहान निद्राबाट ब्युझने बित्तिकै
सन्तानको यादमा दुई थोपा आँसु चढाउने हाम्री आमाको
आँसु रित्तिएको सुख्खा र मैलो शरीर देखेर
किन दुख्दैन तिम्रो मुटु ?
र शहरकी अमुख खान्दानी गृहणीले पस्केको
मनसुली परिकारको तातो बास्नामा
किन मखलेल छ ? तिम्रो मुटु भित्रको अर्को मुटु

उत्कृष्ट बन्ने होडमा किन खेलिरहेछौ यो कपटी खेल ?
लुकाएर ओठ भित्रै सत्यका लवजहरु
किन फुकिरहेछौ झुठै झुठको त्यो बेइमानी शङ्ख

सुप्रिमो,
यो समाधिस्थलमा सुतेर
यहिबाट देखिरहेछौ तपाईं र तपाईहरुका एकएक चाल

हामी त जिउँदै छौ सुप्रिमो
सायद अब तिमी हाम्रा रहेनौ, भयौ अर्कैका गलाका माला
जो माला हामिलाई देशद्रोही करार गरेर
टुडिखेलमा हाम्रा कंकालहरु लड्काउने फासीको फन्दा बन्न तम्तयार छ
तिमी हाम्रा रहेनौ, भयौ पराईको हातले तिखारिएको धनुषको तीर
जो तीर ताकिताकी योद्धाका आँखाहरुमा बिनाकसुर रोपिन मन्जुर छ

अरुहरुले चाहेर मात्रै कहाँ पुग्दोरहेछ र १सुप्रिमो,
आकाशमा चम्किएको ताराको तिलश्मी ज्योति
हाय १ कहिल्यै नझरोस भुइँको धुलो बुकाना
कहिल्यै नझरोस मखमली फुलको वास्नामय थुङ्गा

सुप्रिमो, अब सुप्रिमो नरहेपछी
रछ्यानमा मिल्काएर माओवादका पुँजी
भर्ती भैसकेपछी जबजको फौजमा
म।।।।।।हामी।।।।। हो हजारौ हामिहरु
यो घडिमा फेरि अर्को त्यो मान्छे खोजिरहेछौ
जसले उधिनेर यो समाधिबाट जिउँदा सपनाहरु
आफ्ना सपना मानेर बोकोस्
र पछ्याईरहोस क्षितिज पारिको रक्तरञ्जित बिहानी ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?