गोपनीयता बिवादमा फेसकबुकलाई अहिलेसम्मकै ठूलो रकम जरिवाना

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ९, २०७६
|
|
१९ पटक हेरिएको
Shares
गोपनीयता बिवादमा फेसकबुकलाई अहिलेसम्मकै ठूलो रकम जरिवाना

सारांश

  • गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्।
  • अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ।
  • फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ।

गोपनीयतासम्बन्धी चासोहरूको व्यवस्थापन गर्न सामाजिक सञ्जाल फेसबुकले हालसम्मकै सबैभन्दा ठूलो रकम जरिवाना तिर्नुपर्ने अमेरिकी अधिकारीले बताएका छन्। अमेरिकाको संघीय व्यापार आयोग (एफटीसी)का अनुसार फेसबुकले ५ अर्ब डलर जरिवाना तिर्नेछ। फेसबुकले गोपनीयता हेर्ने एउटा स्वतन्त्र समिति पनि बनाउनु पर्नेछ।

उक्त समितिमा फेसबुकका संस्थापक तथा प्रमुख मार्क जकर्बर्गको नियन्त्रण रहने छैन। एफटीसीले राजनीतिक परामर्शदाता कम्पनी क्याम्ब्रिज एनालिटिकाले ७ करोड ८० लाख फेसबुक प्रयोगकर्ताहरूको डेटा प्राप्त गरेको आरोपको जाँच गरेको थियो।

उक्त जाँचमा ’फेसियल रिकग्निसन’ भनिने अनुहार चिनिने प्रविधिलगायतलाई पनि सामेल गरियो। कुनै पनि कम्पनीले प्रयोगकर्ताको गोपनीयता उल्लङ्घन गरेको आरोपमा ५ अर्ब डलर जरिवाना तिरेको पहिलो पटक हो।

एफटीसीका अध्यक्ष जो सिमोन्सले भने, “विश्वभरका अर्बौ प्रयोगकर्तालाई पटक(पटक प्रतिबद्धता जनाएर पनि फेसबुकले उनीहरूको व्यक्तिगत विवरण कसरी साझा गर्ने भनेर नियन्त्रण गर्न सक्छ। फेसबुकले उपभोक्ताको छान्न पाउने हकलाई कम गरिदिएको छ।“

उनले फेसबुकले हाल गरिरहेको गोपनीयताको उल्लङ्घनलाई कम गर्न र फेसबुकमा पूर्ण रूपले गोपनीय संस्कृति विकास गर्न ठूलो जरिवाना लगाइएको बताए।

बुधवार सार्वजनिक फेसबुकको वित्तिय विवरणले चाहिँ गोपनीयताबारेका चिन्ताहरूले ग्राहकहरूमा खासै प्रभाव नपारेको देखाएको छ।

उसले यस वर्षको दोस्रो त्रैमासमा मासिक सक्रिय प्रयोगकर्ता ८ प्रतिशले बढेको जनाएको छ। विश्लेषकहरूको अनुमान विपरित यसको विज्ञापनबाट हुने आम्दानी २८ प्रतिशतले बढेको छ।

सन् २०१८ को मार्चमा एफटीसीको उपभोक्ता संरक्षण ब्युरोले फेसबुकमाथि अनुसन्धान थालेको थियो। उक्त अनुसन्धानपश्चात् व्यक्तिगत डेटाहरू एउटा अनलाईन क्वीजमार्फत् जम्मा गरेर क्याम्ब्रिज एनालिटिकालाई बिक्री गरिएको पाइएको थियो।

त्यो डेटा सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय चुनाव र यूकेको ब्रेक्जिट जनमतसङ्ग्रहको नतिजा प्रभावित पार्न प्रयोग गरिएको दाबी पनि गरिएको थियो। यद्यपि २ लाख ७० हजार मानिसले मात्र उक्त क्वीजमा सहभागिता जनाएका थिए।

एकजना अधिकारकर्मीले अमेरिकीसहित करिब ५ करोड प्रयोगकर्ताहरूको डेटा उनीहरूलाई थाहा नदिइकन उनीहरूका साथीहरूको सञ्जालबाट जम्मा गरिएको आरोप लगाएका थिए।

तर क्याम्ब्रिज एनालिटिका मात्र उपभोक्ताहरूको डेटामा पहुँच र्पुयाउने कम्पनी थिएन। फेसबुकको पूर्वाधार प्रयोग गरेर अन्य धेरै कम्पनीहरूले पनि फाइदा लिएका थिए।

गत अक्टोबरमा क्याम्ब्रिज एनालिटिका डेटा विवादमा फेसबुकको भूमिकालाई लिएर यूकेको डेटा संरक्षणबारे हेर्ने निकायले फेसबुकलाई ५ लाख पाउन्ड जरिवाना तिराएको थियो। बीबीसीबाट

मालिंगापछि श्रीलंकाका अर्का तीव्र गतिका बलरले पनि गरे सन्यासको घोषणा
एजेन्सी । श्रीलंकाका तीव्र गतिका बलर नुवान कुलसेकराले पनि सन्यासको घोषणा गरेका छन्। श्रीलंकाका महत्वपूर्ण तीव्र गतिका बलर लसिथ मालिंगाले सन्यासको घोषणा गरेसँगै अर्का बलर कुलसेकराले पनि सन्यास लिएका हुन्। उनले बुधबार अन्तर्रा्ष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरे।

सन् २००३ मा ईङ्ल्याण्ड विरूद्ध खेल्दै एकदिवसीयमा डेब्यू गरेका ३७ वर्षीय कुलसेकराले देशका लागि अन्तिम पटक सन् २०१७ मा एकदिवसीय खेलेका थिए। त्यसयता उनी टिमबाहिर रहँदै आएका थिए। उनले बिदाई खेल खेलेर सन्यास लिन चाहेको तर चयनकर्ताहरूले उनको इच्छा नमानेपछि सन्यासको घोषणा गरेका बताइएको छ।

नुवान श्रीलंकाका लागि वान डे मा सर्वाधिक विकेट लिने पाँचौ बलर हुन्। उनले १८४ खेलबाट १९९ विकेट लिएका छन्। यस्तै २१ टेस्ट खेलमा उनले ४८ विकेट लिएका थिए। यसका अलावा उनले टि–२० क्रिकेटमा भने सर्वा्धिक विकेट लिने खेलाडीको सूचिमा लसिथ मालिंगासँगै दोश्रो स्थानमा रहेका छन्। उनले ५८ खेलबाट ६६ विकेट लिएका छन्।

मालिंगाले बंगलादेशविरूद्ध ३ वान डे को सिरिजको पहिलो खेलबाट सन्यास लिदैंछन्। उक्त सिरिज शुक्रबारदेखि सुरु हुँदैछ।

मेचीनगरको बजेट एक अर्ब ८८ करोड
मेचीनगर नगरपालिकाले आर्थिक वर्ष २०७६र७७ का लागि रु एक अर्ब ४२ करोड ८८ लाख ६० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार पत्रकार सम्मेलनमार्फत नगरपालिकाले बजेट सार्वजनिक गरेको हो । असार १० गते शुरु भई २४ गते सम्पन्न भएको नगरको चौथो नगरसभाबाट पारित भइसकेको बजेट बुधबार सार्वजनिक गरिएको उपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।

बजेटमा नेपाल सरकारबाट समानीकरणमार्फत रु २५ करोड १९ लाख र प्रदेश नं १ सरकारबाट सोही शीर्षकमा रु ८९ लाख २३ हजार प्राप्त हुने उल्लेख छ भने विभिन्न कर महसुलबाट रु १० करोड ५८ लाख ४० हजार आन्तरिक आय हुने प्रक्षेपण गरिएको छ ।

नयाँ बजेटमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्यलगायतमा प्राथमिकता दिइएको छ । गत आवको भन्दा यो वर्ष आन्तरिक आय रु छ करोड वृद्धि गर्ने लक्ष्य लिइएको उपप्रमुख उप्रेतीले बताउनुभयो । बजेटमा नगरका १५ वडालाई रु एक करोड ३० लाखका दरले वडा बजेट विनियोजन गरिएको र नगरका विपन्न व्यक्तिलाई उपचारका लागि रगत चाहिएमा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

नगरप्रमुख विमल आचार्यले बजेटलाई समयमै खर्च गरी फछ्र्योट गर्नका लागि जेठ मसान्तभन्दा उता कुनै पनि परियोजनाको बिल भर्पाइ स्वीकार नगरिने र रकम निकासका लागि चेक नकाटिने घोषणा गर्नुभएको छ ।

बजेटमा हुने गरेको ‘असारे खेती’को बेथिति रोक्न नगरपालिकाले यस्तो कदम चाल्ने निर्णय गरेको नगरप्रमुख आचार्य बताउनुुहुन्छ । उहाँले मुलुकको प्रवेश नाकासमेत भएको र पर्यटकलाई असुविधा नहोस् भनेर यो वर्षदेखि नगरभित्र पटके सवारी कर खारेज गरिएको जानकारी दिनुभयो ।

बन्धक बनाएर छात्रा बलात्कार गर्ने शिक्षक पक्राउ
घुम्ने बहानामा पोखरा ल्याएर होटलको कोठामा बन्धन बनाई आठ दिनदेखि बलात्कार गर्दे आएको आरोपमा उदयपुरका शिक्षक २८ वर्षे राकेशकुमार कानोडिया बुधबार पक्राउ परेका छन्।

कास्की प्रहरी प्रवक्ता राजकुमार केसीका अनुसार विराटनगर घइ भई उदयपुर चौदण्डी ७ को मेरीगोल्ड सेकेन्डरी बोर्डिङ स्कुलका शिक्षक कानोडियाले १४ वर्षीया विद्यार्थीलाई ८ दिनदेखि होटल कन्ट्रीयार्ड बन्धक बनाएका थिए। बालिकालाई प्रहरीले अभिभावकको जिम्मा लगाइसकेको छ। शिक्षकमाथि मुद्दा चलाइएको छ।

खोकनामा पुरानो तेल पेल्ने प्रविधि हराउँदै
खोकना भन्ने वित्तिकै जोकोहीले तेलको लागि सम्झने गर्छन् । खोकना वर्षौदेखि तोरीको तेलका लागि प्रशिद्ध रहदै आएको स्थान हो । ललितपुर जिल्लाको दक्षिण भेगमा पर्ने यो सानो गाउँ अहिले शहरमा परिणत भइसकेको छ । बढ्दो आधुनिकतासँगै तेलका लागि प्रशिद्ध रहेको यो स्थानमा रहेका परम्परागत तेल पेल्ने प्रविधि कोल हराउँदै गएको छ ।

आधुनिक मेसिन आउन थालेपछि पुरानो प्रविधिबाट तेल पेल्ने कोल लगभग हराउने अवस्थामै पुगेको छ । अहिले खोकनामा गावु ज्यास र सिकाली बहुउद्देश्यीय सहकारीले चलाएको मिल मात्रै चालु छ । सिकालीको कोल भने कहिले काँही मात्रै चल्छ ।

३५ वर्ष अघिसम्म खोकनामा चार वटा कोल चलेका थिए । २०४३ सालबाट नयाँ प्रविधिको तेल पेल्ने स्पिलर मेसिन आएपछि खोकनामा सबै मिलहरु बन्द भए । सिकाली बहुउद्देश्यीय सहकारी संस्थाले अझै कोल राखेको छ । तर यो कोल बत्ती नआएको बेलामा मात्रै चल्ने मिलका विपिन डंगोलले बताए ।

गावु ज्यास तेल मिलमा भने कोल चलाइन्छ । कोलका सञ्चालक कान्छा महर्जन भन्छन् ‘कोल मात्रै चलाउने हो भने कारखाना घाटामा जान्छ ।’ उनका अनुसार श्रमशक्ति भन्दा विजुली सस्तो छ । सजिलो छ । तेल पेल्न स्पिलर मेसिन चलाउदा नै नाफा हुन्छ ।

‘खोकनाको पुरानो व्यावसाय नै तेलको व्यापार हो’ भन्छन् स्थानीय रविन महर्जन । कोलबाट तेल पेलेर शुद्ध तेल बेच्ने हो भन ेलिटरको ४ सयमा पनि बेच्न नसकिने महर्जन बताउछन् ।

स्पिलर मेसिनबाट तेल पेल्न शरिरीक श्रम पर्दैन । स्पिलर तेल मिलबाट सबै तेल निकाल्न सकिने हुँदा कोल हराउने अवस्थामा पुगेको महर्जन वताउछन् ।
कोल हराउनुको अर्को कारण काम गर्ने जनशक्तिको अभाव पनि हो ।

वर्षैअघि खोकनाका स्थानीयले एक एक मोहोर जम्मा गरेर कोल स्थापना गरेको थिए । २०४३ सालदेखि ०६९ सम्म यो कोल बन्द भएको थियो ।

६ वर्षअघिदेखि चलाइरहेका छन् । गावु ज्यासका कान्छा महर्जनले शम्सेर मगर र अनिल महर्जनलाई रोजगारी दिएका छन् । तोरी चाल्ने तेल प्याक गर्ने अरु ज्यालादारी कर्मचारी पछि छन् ।‘कोलमा पेलेको यो तेल महँगो छ । लिटर कै २५० पर्छ । कान्छा महर्जन भन्छन् ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?